default_image

3 years ago

December 8, 2020

भ्यालेन्सिया बराबरीमा रोकियो

एजेन्सी – घरेलु मैदानमा एइवरका गोलरक्षक मार्काे डिमिट्रोभले उच्च प्रदर्शन गरेपछि स्पेनिस ला लिगामा भ्यालेन्सिया गोलरहित बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा बल पोसेसनमा घरेलु टोलीले नै पकड बनाएपनि गोलको उल्लेख्य मुभ बनाउन सकेको थिएन । खेलको पहिलो मिनेटमा नै गोन्कालो डुइडेजको प्रहारलाई एइवरका गोलरक्षक मार्काे डिमिट्रोभले बचाएका थिए । २४औं मिनेटमा घरेलु […]

31 views

0 Bookmark

एजेन्सी – घरेलु मैदानमा एइवरका गोलरक्षक मार्काे डिमिट्रोभले उच्च प्रदर्शन गरेपछि स्पेनिस ला लिगामा भ्यालेन्सिया गोलरहित बराबरीमा रोकिएको छ ।

सोमबार राति भएको खेलमा बल पोसेसनमा घरेलु टोलीले नै पकड बनाएपनि गोलको उल्लेख्य मुभ बनाउन सकेको थिएन । खेलको पहिलो मिनेटमा नै गोन्कालो डुइडेजको प्रहारलाई एइवरका गोलरक्षक मार्काे डिमिट्रोभले बचाएका थिए ।

२४औं मिनेटमा घरेलु टोलीका सर्जियो अल्भारेजको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा एइव अग्रता लिनबाट चुक्यो । ३२औं मिनेटमा किके गार्सियाको प्रहारमा भ्यालेन्सियाका गोलरक्षक जोउमे बाधक बने ।

५३औं मिनेटमा एइवरका गोलरक्षक मार्काे डिमिट्रोभले डाइभिङ दिँदै उत्कृष्ट बचाउ गरेपछि भ्यालेन्सिया अग्रता लिनबाट चुक्यो । युरोस रासिसको पेनाल्टी बक्सबाहिरको भली प्रहारलाई उनले डाइभ दिदै बचाउदा बल क्रसबारमा लाग्दै फर्कदा उनी आफैले नियन्त्रणमा लिन सफल भए ।

त्यसपछि दुवै टोलीले गोलका केही प्रयास गरेपनि सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकियो । यो बराबरीले एइवर १२ खेलबाट १४ अंक जोडेर ११औं स्थानमा रहँदा भ्यालेन्सिया १३ अंकसहित १३औं स्थानमा रह्यो ।

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

Success

Thank you for your time.