default_image

3 years ago

December 8, 2020

बार्सिलोना र युभेन्ट्स भिड्दै

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा आज राति क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा इटालियन च्याम्पियन युभेन्ट्सको आतिथ्यता गर्दैछ । खेल नोउक्याम्पमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । यो खेललाई आधुनिक फुटबलका दुई हस्ती लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीचको प्रतिस्पर्धाको रुपमा हेरिएको छ । अघिल्लो महिना नै रोनाल्डो र मेस्सीबीच प्रतिस्पर्धा हुने […]

45 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा आज राति क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा इटालियन च्याम्पियन युभेन्ट्सको आतिथ्यता गर्दैछ । खेल नोउक्याम्पमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ ।

यो खेललाई आधुनिक फुटबलका दुई हस्ती लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीचको प्रतिस्पर्धाको रुपमा हेरिएको छ । अघिल्लो महिना नै रोनाल्डो र मेस्सीबीच प्रतिस्पर्धा हुने भनिएपनि कोरोना संक्रमणका कारण रोनाल्डो टोली बाहिर रहँदा बार्सिलोनाले २–० को जित निकालेको थियो । यसको अर्थ मेस्सी र रोनाल्डोबीच २ वर्षपछि प्रतिस्पर्धा हुँदैछ ।

घरेलु मैदानमा बार्सिलोना युभेन्ट्सलाई पराजित गर्दै समूह ‘जी’ मा अपराजित रहने लक्ष्यमा हुनेछ । बार्सिलोनाको यो लक्ष्यमा कप्तान लियोनेल मेस्सीसँगै फिलिपे कौटिन्हो, एन्टोइन ग्रिजमन, मार्टिन ब्रेथवेट, मिरोलेम प्यानिच, फ्रान्की डि जोङ, जोर्डी अल्वा, क्लेमेन्ट लेङ्लेट, सर्जिनो डेस्ट, रोनाल्ड एराउजो र गोलरक्षक मार्क आन्दर टेर स्टेगन टोलीमा हुनेछन् ।

यता, समूहमा बार्सिलोनासँगै मात्रै हार बेहोरेको युभेन्ट्स पनि अघिल्लो महिना घरेलु मैदानमा बेहोरेको हारको बदला लिने लक्ष्यमा मैदान उत्रनेछ । बार्सिलोनामाथि ३–० को जित निकालेमा युभेन्ट्स हेड टु हेडमा अघि रहँदै शीर्षस्थानमा रहँदै नकआउट चरणमा प्रवेश गर्नेछ ।

युभेन्ट्ससँग रोनाल्डोसँगै अल्भारो मोराटा, आरोन राम्सी, आर्थर, फेडरिको चियसा, एलेक्स सान्द्रो, वेस्टन म्याकिन्नी, डानिलो, म्याथ्थिज डि लेग्ट, लियोनादा्रे बोनुची र गोलरक्षक वोजचिएक सेचेज्नीको साथ रहेको छ ।

यि दुई टोली हालसम्म ७ पटक प्रतिस्पर्धा गर्दा बार्सिलोना चार खेलमा विजयी भएको छ । एक खेल युभेन्ट्सले आफ्नो पक्षमा पार्दा २ खेल बराबरीमा सकिएको छ । पछिल्लो पाँच खेलमा बार्सिलोना युभेन्ट्ससँग अपराजित छ । बार्सिलोना पनि अपराजित यात्रालाई निरन्तरता दिने दाउमा रहँदा युभेन्ट्स बार्सिलोनासँगमाथि २०१७ पछि जित निकाल्ने दाउमा हुनेछ ।

यही समूहको अर्काे खेलमा युक्रेनी क्लब डेनामो किएभ र हंगेरियन क्लब फेरेन्कभारोसबीच राति १ः४५ बजे नै प्रतिस्पर्धा हुनेछ । समूहकम तेस्रो स्थानमा रहने टोलीले युरोपा लिगको प्ले अफ खेल्न पाउने भएका कारण दुवै टोलीको जितको लक्ष्यमा हुनेछ । दुवै टोलीको समान १ अंक छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.