default_image

3 years ago

December 8, 2020

नकआउट चरण पुग्न युनाइटेड र लाइप्जिग खेल्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको निकै नै महत्वपुर्ण खेलमा आज राति जर्मन क्लब आरबी लाइप्जिग र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबीच प्रतिस्पर्धा हुदैछ । खेल रेडबुल एरिना लाइप्जिगमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । समूह ‘एच’ मा शीर्षस्थानमा रहेको म्यानचेस्टर युनाइटेडलाई बराबरी नै अघिल्लो चरण प्रवेश गर्न पर्याप्त हुनेछ । पीएसजी पराजित भएको अवस्थामा युनाइटेड […]

33 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको निकै नै महत्वपुर्ण खेलमा आज राति जर्मन क्लब आरबी लाइप्जिग र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबीच प्रतिस्पर्धा हुदैछ ।

खेल रेडबुल एरिना लाइप्जिगमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । समूह ‘एच’ मा शीर्षस्थानमा रहेको म्यानचेस्टर युनाइटेडलाई बराबरी नै अघिल्लो चरण प्रवेश गर्न पर्याप्त हुनेछ । पीएसजी पराजित भएको अवस्थामा युनाइटेड पनि पराजित भए युनाइटेड युरोप लिगमा पुग्नेछ ।

यता, लाइप्जिगलाई युनाइटेडविरुद्ध निश्चित जितको खाँचो छ । बराबरीले पेरिस सेन्ट जर्मेन (पीएसजी) र इस्तानबुल बेसाकसेहिरबीचको नतिजा कुर्नुपर्ने हुन्छ । यो खेलमा पीएसजी पराजित भए लाइप्जिग बराबरीले पनि अघिल्लो चरणमा प्रवेश गर्नेछ ।

यो समूहमा म्यानचेस्टर युनाईटेड, पीएसजी र लाइप्जिगको समान ९ अंक छ । यस्तो अवस्थामा युनाइटेड कम्तीमा पनि बराबरीको लागि खेल्दा लाइप्जिग निश्चित जितको लागि मैदान उत्रनेछ ।

चोटका कारण युनाइटेडका एन्थोनी मार्सियल, इडिन्सन काभानी, फिल जोन्स टोलीमा रहनेछैन । प्रतिबन्धका कारण फ्रेड पनि टोलीमा हुनेछैनन् । मार्कुस रासफोर्ड, मासन ग्रीनवुड, ब्रुनो फर्नान्डेस, पल पोग्वा, नेमान्जा माटिच, स्कट म्याकटोमिने, एलेक्स टेलास, ह्यारी मिगुएर, भिक्टोर लिन्डेलफ, आरोन वान बिशाखा र डेभिड हे गेया टोलीसँग रहेका छन् । पछिल्लो समय लयमा नरहेका डेभिड डे हेयालाई प्रशिक्षक ओले गनर सोल्सायरले बेन्चमा राख्दै डि हेन्डरसनलाई मौका दिन सक्नेछ ।

यता, लाइप्जिगसँग क्रिस्टोफर एनकुकु, युसुफ पउलसेन, ड्यानियल ओल्मो, मार्सेल सवित्जर, एन्जेलिनो र गोलरक्षक पिटर गुलाक्सी जस्ता खेलाडी टोलीमा रहेको छ । जस्टिन क्लभर्ट, इमिल फोर्सवर्ग, केभिन काम्पल, एलेक्सान्डर सोर्लथ पनि टोलीसँग रहेको छ ।

गत महिना युनाएटेडले घरेलु मैदानमा ५–० को सानदार जित निकालेको थियो । युनाइटेड सोही जितलाई निरन्तरता दिने दाउमा रहँदा लाइप्जिग उक्त हारको बदला लिने लक्ष्यमा हुनेछ । यही समूहको अर्काे खेलमा पीएसजी र इस्तानवुल बेसाकसेहितरबीच राति १ः४५ बजे नै प्रतिस्पर्धा हुदैछ ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.