default_image

3 years ago

December 8, 2020

पीएसजीलाई इस्तानबुलको चुनौती

एजेन्सी – यूईएफए नेसन्स लिगको समूह चरणको अन्तिम खेलमा आज राति फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले घरेलु मैदानमा टर्किस क्लब इस्तानबुल बेसाकसेहिरसँग प्रतिस्पर्धा गर्दैछ । खेल पार्क दि प्रिन्सेस पेरिसमा राति १ः४५ बजे हुनेछ । इस्तानबुलमाथि सहज जित निकाल्दै साविकको उपविजेता समेत रहेको पीएसजी नकआउट चरणमा पुग्ने लक्ष्यमा हुनेछ । समूहमा दोस्रो स्थानमा […]

51 views

0 Bookmark

एजेन्सी – यूईएफए नेसन्स लिगको समूह चरणको अन्तिम खेलमा आज राति फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले घरेलु मैदानमा टर्किस क्लब इस्तानबुल बेसाकसेहिरसँग प्रतिस्पर्धा गर्दैछ । खेल पार्क दि प्रिन्सेस पेरिसमा राति १ः४५ बजे हुनेछ ।

इस्तानबुलमाथि सहज जित निकाल्दै साविकको उपविजेता समेत रहेको पीएसजी नकआउट चरणमा पुग्ने लक्ष्यमा हुनेछ । समूहमा दोस्रो स्थानमा रहेको पीएसजीको ९ अंक छ । शीर्षस्थानमा रहेको म्यानचेस्टर युनाइटेड र तेस्रो स्थानमा रहेको आबरी लाइप्जिगको पनि ९ अंक नै रहँदा यो समूहबाट तीन टोलीमध्ये दुई टोलीले नकआउट चरणमा स्थान बनाउनेछ ।

पीएसजी सहज जित निकाल्दै अर्काे खेलको नतिजामा भर नपर्ने लक्ष्यमा हुनेछ । पीएसजीको बराबरीसँगै अर्काे खेल समेत बराबरीमा सकिएपनि पीएसजीले अघिललो चरणको यात्रा तय गर्नेछ ।

बराबरीकै नतिजाले अर्काे खेलमा म्यानचेस्टर युनाइटेड विजयी भए पीएसजी अघि बढ्नेछ । पीएसजी पराजित भएको खण्डमा युनाइटेड पनि पराजित भए हेड टु हेडमा पीएसजीले अघिल्लो चरणको यात्रा तय गर्दा लाइप्जिग समूह विजेता बन्नेछ ।

पीएसजीसँग नेयमार, केलियन एमबाप्पे, एन्जल डि मारिया, मोएस किन, मार्कााे भेराट्टी, लियान्द्रो डेनियल पारेडेस, डानिलो, लेविन कुर्जावा, प्रेसनेल किमपेम्वे, मार्किन्हस, एलेसान्द्रो फ्लोरेन्जी र गोलरक्षक केलर नाभासजस्ता खेलाडीको साथ रहेको छ ।

यसबाहेक पीएसजीसँग कोलिन डग्वा, एन्डर हेरेरा, थिलो केरहर, इड्रिसा गाना गुआई र राफिन्हाजस्ता खेलाडी पनि रहेको छ । चोटका कारण पाब्लो साराविया, मोउरो इकार्डी र जुवान बर्नाट टोलीमा हुनेछैन ।

यता, समूह चरणबाट बाहिरिसकेको इस्तानबुलको लागि पीएसजीविरुद्धको खेल प्रतिष्ठाको मात्रै खेल हुनेछ । सोही कारण इस्तानबुल पीएसजीविरुद्ध स्वतन्त्र भएर खेल्नेछ ।

यही समुह ‘एच’ को अर्काे खेलमा जर्मन क्लब आरबी लाइप्जिग र इंग्लिस क्लब म्यानचेस्टर युनाइटडेबीच प्रतिस्पर्धा हुनेछ । युनाइटेडलाई नकआउट चरण पार गर्न बराबरी पर्याप्त रहँदा लाइप्जिगलाई निश्चित जितको तथा बराबरीमा रोकिएको अवस्थाको अर्का खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.