default_image

3 years ago

December 8, 2020

मेस्सी विरुद्ध रोनाल्डो : यस्तो छ इतिहास

एजेन्सी – विश्व फुटबलमा हालसम्मकै ठूलो व्यक्तिगत प्रतिस्पर्धाका रूपमा लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई लिन सकिन्छ । यी दुई झन्डै २ वर्षपछि आमनेसामने हुँदैछन् । पछिल्लो एक दशक विश्व फुटबलमा व्यक्तिगत कीर्तिमान र सफलताको वर्षा नै गराएका दुई खेलाडीबीच च्याम्पियन्स लिगमा भेट हुन लागेको हो । युभेन्टसले बार्सिलोनाको घरेलु मैदानमा खेल्दा रोनाल्डो र मेस्सीबीचको प्रतिसपर्धाले […]

71 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलमा हालसम्मकै ठूलो व्यक्तिगत प्रतिस्पर्धाका रूपमा लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई लिन सकिन्छ । यी दुई झन्डै २ वर्षपछि आमनेसामने हुँदैछन् ।

पछिल्लो एक दशक विश्व फुटबलमा व्यक्तिगत कीर्तिमान र सफलताको वर्षा नै गराएका दुई खेलाडीबीच च्याम्पियन्स लिगमा भेट हुन लागेको हो । युभेन्टसले बार्सिलोनाको घरेलु मैदानमा खेल्दा रोनाल्डो र मेस्सीबीचको प्रतिसपर्धाले थप चर्चा पाएको छ । रोनाल्डो युभेन्टस पुगेपछि दुई खेलाडीबीच एकैपटक मैदानमा भेट भएको थिएन ।

पछिल्लो पटक रोनाल्डो र मेस्सीले सन् २०१८ मे ८ मा स्पेनिस ला लिगाको खेलमा एक अर्काको सामना गरेका थिए । उक्त एल क्लासिको २-२ को बराबरीमा सकिँदा मेस्सी र रोनाल्डो दुवैले गोल गरेका थिए । हालसम्म मेस्सी र रोनाल्डोले ३५ पटक आमनेसामने भएका छन् । मेस्सीले १६ खेलमा जित हासिल गर्दा रोनाल्डो १० पटक मात्र विजयी भएका छन् ।

मेस्सी र रोनाल्डोबीच प्रतिस्पर्धामा मेस्सीले २२ गोल गरेका छन् । रोनाल्डोले भने १९ पटक गोल गरेका छन् । च्याम्पियन्स लिगमा यी दुई टोलीबीच ५ पटक भिडन्त हुँदा दुवै खेलाडी २-२ पटक विजयी भएका छन् ।

रोनाल्डोको इटाली प्रस्थानपछि एल क्लासिकोले पनि त्यो स्तरको चर्चा पाउन सकेको छैन । विश्व फुटबलले यी दुईको प्रतिस्पर्धा हेर्ने चाहना लामो समयदेखि गरेका थिए । समूह चरणको पहिलो खेलमा रोनाल्डो कोरोना भाइरस संक्रमणका कारण अनुपस्थित रहँदा खेल केहि खल्लो भएको थियो । बार्सिलोनाले युभेन्टसको मैदानमा २-० को जित दर्ता गरेको थियो ।

समूह जीमा दुवै टोलीले अन्तिम १६ को यात्रा पक्का गरिसकेका छन् । युभेन्टसलाई समूह विजेता बन्न कम्तिमा ३ गोल प्रहार गर्नुपर्नेछ । दुई गोलको अन्तरले जिते मात्र युभेन्टस अंक तालिकाको शीर्षस्थानमा पुग्नेछ । बार्सिलोना भने अपराजित यात्रा कायम राख्दै समूह विजेताको रुपमा अर्को चरण पुग्ने प्रयासमा हुनेछ ।

रोनाल्डो र मेस्सी दुवै आफ्नो करिअरको अन्त्यतिर छन् । उमेरले रोनाल्डो ३५ र मेस्सी ३३ वर्ष भएपनि दुवैले निरन्तर उच्च स्तरको प्रदर्शन गरिरहेका छन् । मेस्सीले ६ पटक ब्यालोन डी’ओर उपाधि जितेका छन् भने रोनाल्डोले ५ पटक सो उपलब्धि हासिल गरेका छन् ।

वर्तमान समयमा रोनाल्डो मेस्सीको तुलनामा केहि राम्रो लयमा छन् । गत साता मात्र क्लब फुटबलमा ७ सय ५० गोल पूरा गरेका रोनाल्डोले युभेन्टसमा पनि आफ्नो स्तर सिद्ध गरेका छन् । मेस्सी भने यस सिजन आफ्नो प्रदर्शन तुलना गर्दा पछिल्ला सिजनभन्दा केहि कमजोर देखिएका छन् ।

रोनाल्डोले युभेन्टसका लागि पहिलो सिजनमा २१ गोल गरेका थिए । दोस्रो सिजनमा ३१ गोल गरेका रोनाल्डोले दुवै सिजनमा लिग उपाधि जितेका थिए । यस सिजन उनले ६ खेलमा ८ गोल गरिसकेका छन् । यता मेस्सी भने यस सिजन क्लबमा खासै जम्न सकेका छैनन् । १० खेलमा ४ गोल गरेका मेस्सीले २ गोलमा पेनाल्टीको सहारा लिनुपरेको छ ।

मेस्सी र रोनाल्डोले विश्व फुटबलमा व्यक्तिगत प्रतिस्पर्धालाई बेग्लै उचाइ दिएका थिए । एक अर्काको प्रतिस्पर्धाले गर्दा झनै राम्रो प्रदर्शन गर्न प्रेरित भएका यी दुईको खेलमा बेग्लै चर्चा हुनु स्वभाविक हो । करिअरको अन्त्यतिर आएका यी दुई खेलाडीको प्रतिस्पर्धामा को अब्बल होला, मंगलबारको खेलले त्यो बताउने नै छ ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.