default_image

3 years ago

December 8, 2020

एपिएफले फुटबल एकेडेमी सञ्चालन गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबलको सर्वाेच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले जस्तै विभागीय सशस्त्र प्रहरी बल (एपीएफ) ले पनि फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । यस विषयमा ६ वर्षको लागि सम्झौता गरेका छन् । सम्झौता हरेक वर्ष नविकरण हुदै जानेछ । एपीएफका तर्फबाट सशस्त्र प्रहरी महानिरिक्षक तथा संगठन प्रमुख शैलेन्द्र खनाल […]

32 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबलको सर्वाेच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले जस्तै विभागीय सशस्त्र प्रहरी बल (एपीएफ) ले पनि फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ ।

यस विषयमा ६ वर्षको लागि सम्झौता गरेका छन् । सम्झौता हरेक वर्ष नविकरण हुदै जानेछ । एपीएफका तर्फबाट सशस्त्र प्रहरी महानिरिक्षक तथा संगठन प्रमुख शैलेन्द्र खनाल र एआइजी पुष्पराम केसी र एन्फाका तर्फबाट अध्यक्ष कर्मा छिरिङ शेर्पाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
एपीएफले नेपाल एपीएफ स्कुलमार्फत एकेडेमी सञ्चालन गर्न लागेको हो ।

एपीएफले नेपाल एपीएफ स्कुलमार्फत एकेडेमी सञ्चालन गर्न लागेको हो । एकेडेमी नयाँ शैक्षिक सत्र अर्थात आगमी बैशाख देखि शुरु हुने एपीएफले जनाएको छ ।

एकेडेमीमा एन्फाको टेक्निकल कमिटि र एपीएफको टेक्निकल कमिटिले छनोट गरेको जुनियर २१ खेलाडीलाई राखिने छ । जसमा एन्फा र एपीएफले छनोट गरेको ७–७ जना (१४) खेलाडीको दुवै पक्षले कक्षा १२ सम्मको शिक्षा सहितको सम्पूर्ण खर्च ब्यहोर्नेछन् । बाँकी ७ जनाले तोकिएको शुल्कसहित एकेडेमीमा बस्न पाउनेछ । एकेडेमीमा एन्फाका दक्ष प्रशिक्षकले अभ्यास गराउनेछन् ।

एन्फा अध्यक्ष शेर्पाले एपीएफ स्कुलसँग सम्झौता गर्न पाउनुमा गर्व महसुस भएको बताएका छन् । ‘यो नेपाली फुटबलको लागि ऐतिहासिक सम्झौता हो । यसले नेपाली फुटबललाई ग्रासरुटबाटै अघि बढाउन मद्दत गर्नेछ ,’ अध्यक्ष शेर्पाले भने ।

सम्झौतापछि एपीएफका संगठन प्रमुख खनालले एपीएफ स्कुलले एन्फासँग सहकार्य गर्न पाउदा युवा खेलाडीहरु उत्पादन गर्न सकिने बताएका छन् । यसले एपीएफ र एन्फासँगै देशले पनि राम्रो खेलाडी पाउन सक्ने महानिरिक्षक खनालले बताए ।

‘यो एकेडेमीको अवधारणाले युवा खेलाडीले हाम्रै सिनियर टोली र राष्ट्रिय टोलीसम्म मौका पाउन सक्ने सम्भावना छ । यो युवा खेलाडीको लागि सुवर्ण अवसर हो । यसबाट उनीहरुले व्यवसायिक खेल करियर सुरुवात गर्न सक्नेछन् ’ महानिरिक्षक खनालले भने ।

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

Success

Thank you for your time.