default_image

3 years ago

December 9, 2020

लिभरपुललाई मिट्जेल्यान्डको चुनौती

एजेन्सी – शीर्षस्थानमा रहेर नकआउट चरणमा स्थान बनाइसकेको इंग्लिस क्लब लिभरपुलले यूईएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा आज राति डेनिस क्लब मिट्जेल्यान्डको सामना गर्दैछ । खेल मिट्जेल्यान्डको मैदानमा राति ११ः४० बजे हुनेछ । लिभरपुल समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरिसकेका कारण मिट्जेल्यान्डविरुद्धको खेल प्रतिष्ठाको मात्रै खेल हुनेछ । जित, बराबरी र हारले लिभरपुलाई […]

21 views

0 Bookmark

एजेन्सी – शीर्षस्थानमा रहेर नकआउट चरणमा स्थान बनाइसकेको इंग्लिस क्लब लिभरपुलले यूईएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा आज राति डेनिस क्लब मिट्जेल्यान्डको सामना गर्दैछ ।

खेल मिट्जेल्यान्डको मैदानमा राति ११ः४० बजे हुनेछ । लिभरपुल समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरिसकेका कारण मिट्जेल्यान्डविरुद्धको खेल प्रतिष्ठाको मात्रै खेल हुनेछ । जित, बराबरी र हारले लिभरपुलाई कुनै असर गर्नेछैन । लिभरपुलले मिट्जेल्यान्डविरुद्ध दोस्रो रोजाईका खेलाडीलाई मौका दिने सम्भावना छ ।

यता, समूह चरणबाट बाहिरिसकेको मिट्जेल्यान्ड समूहमा लिभरपुललाई पराजित गर्दै पहिलो जित निकाल्दै सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ । समूह ‘डी’ मा लिभरपलुको ५ खेलबाट १२ अंक रहेको छ । मिट्जेल्यान्ड १ अंकसहित पुछारमा छ ।

यही समूहको अर्को खेलमा आज राति निकै नै महत्वुपर्ण खेलमा डच क्लब आयाक्स र इटालियन क्लब एटलान्टाबीच प्रतिस्पर्धा हुदैछ । यो खेल नकआउट चरण प्रवेश गर्न दुवै टोलीको लागि महत्वपुर्ण छ ।

बराबरीको नतिजामा एटलान्टा अघिल्लो चरणमा प्रवेश गर्नेछ । आयाक्सलाई अघिल्लो चरणमा निश्चत जितको खाँचो छ । एटलान्टाको ८ तथा आयाक्सको ७ अंक छ ।

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

May 5, 2024

म्यानचेस्टर सिटीको जितमा हालान्डको चार गोल

एजेन्सी – स्टार फरवार्ड एरलिङ हालान्डको चार गोल सँगै लगातार चौथो पटक इंग्लिश प्रिमियर लिग उपाधि आकांक्षी म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले वल्भस माथि ५-१ को फराकिलो जीत दर्ता गरेको हो । जोस्को गवार्डीओल माथि वल्भस्का आइट-नुरीले पाएको पेनाल्टीमा गोल गर्दै १२औं मिनेटमा हालान्डले सिटीलाई सुरुवाती अग्रता […]

Success

Thank you for your time.