default_image

3 years ago

December 9, 2020

रियलको च्याम्पियन्स लिग भविष्य आफ्नै हातमा

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा आज राति स्पेनिस क्लब रियल म्याड्रिडले घरेलु मैदानमा जर्मन प्रतिद्धन्द्धी बोरुसिया मोन्चेनग्लाडबाकको सामाना गर्दैछ । खेल अल्फ्रेडो डि स्टेफानोमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । रियललाई नकआउट चरण पुग्न यो खेल आफ्नो पक्षमा पार्नै पर्ने दबाब छ । बराबरीमा रोकिएको अवस्थामा रियलले अर्काे खेल इन्टर […]

44 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा आज राति स्पेनिस क्लब रियल म्याड्रिडले घरेलु मैदानमा जर्मन प्रतिद्धन्द्धी बोरुसिया मोन्चेनग्लाडबाकको सामाना गर्दैछ ।

खेल अल्फ्रेडो डि स्टेफानोमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । रियललाई नकआउट चरण पुग्न यो खेल आफ्नो पक्षमा पार्नै पर्ने दबाब छ । बराबरीमा रोकिएको अवस्थामा रियलले अर्काे खेल इन्टर मिलान र साख्तर डोनेस्कबीचको खेल नतिजा कुर्नुपर्ने हुन्छ ।

रियल बराबरीमा रोकिएको अवस्थामा इन्टर मिलानले साख्तरलाई हराए हेड टु हेडमा यो समूहबाट बोरुसिया मोन्चेनग्लाडवाक र रियलले अघिल्लो चरणको यात्रा तय गर्नेछ । रियल बराबरीमै रोकिएको अवस्थामा इन्टर मिलान र साख्तरले बराबरी खेले रियल युरोपा लिगमा खुम्चिनेछ । त्यसकारण रियालाई अघिल्लो चरण प्रवेश गर्न जित बाहेकको विकल्प छैन । मोन्चेनग्लाडबाकलाई हराएको अवस्थामा साख्तर पराजित भए रियल समूह विजेता बन्नेछ ।

पछिल्लो खेलमा औसतको प्रदर्शन गरिहेको रियलको टोलीमा अनुभवी डिफेन्डर तथा कप्तान सर्जियो रामोस फर्किएका छन् । उनको आगमनले टोलीको डिफेन्सलाइन मजवुत हुने अपेक्षा गरिएको छ । रामोस पछिल्लो ५ खेलमा मैदान बाहिर रहेका थिए । रामोसविनाको पछिल्लो ५ खेलमा रियलले समान २ जित र हार तथा १ बराबरीको नतिजा निकालेको थियो ।

टोलीसँग करिम बेन्जेमा, भिनिसियस जुनियर, रोड्रिगो गोएस, मार्काे एसेन्सिया, क्यासमिरो, टोनी क्रुस, लुका मोड्रिच, फर्लान्ड मेन्डी, राफयल भरान, मार्सेलो, लुकास भास्क्वेज र गोलरक्षक थिवाउट कोर्टुवा टोलीमा रहेको छ । चोटका कारण इडेन हाजार्ड र फेरिको भाल्भेर्डे टोलीमा नरहँदा अर्का डिफेन्डर ड्यानियल कार्भाहलले खेल्ने सम्भावना न्युन छ ।

यता, बोरुसिया मोन्चेनग्लाडबाक पनि रियाललाई उसकै मैदानमा स्तब्ध पार्दै समूह ‘बी’ को विजेताको रुपमा नकआउट चरणमा प्रवेश गर्ने लक्ष्यमा हुनेछ । मोन्चेनग्लाडबाकलाई बराबरीले पनि नकआउट चरण पुग्न पर्याप्त हुनेछ ।

रियलसँग पराजित भएको अवस्थामा मोन्चेनग्लाडबाकलाई अर्काे खेलको नतिजा कुर्नुपर्नेहुन्छ । अर्काे खेलमा साख्तर र इन्टरले बराबरी खेले मोन्चेनग्लाडबाक अघिल्लो चरण प्रवेश गर्नेछ ।

यस्तै रियलसँग पराजित भएको अवस्थामा साख्तर र इन्टर मिलान जसले जितेपनि मोन्चेनग्लाडबाक समूह चरणबाट बाहिरिनेछ । इन्टर विजयी भए समान ८ अंक भएपनि हेड टु हेडमा इन्टर अघि हुनेछ । साख्तरले अंकमै फरक पार्नेछ । त्यसैले रियालविरुद्ध साख्तर सचेत भएर खेल्नेछ ।

टोलीसँग एलासेन प्लेया, लार्स स्टिनडिल, मार्कुस थुराम, भालेन्टिनो लाजारो, फ्लोरियन नेउहस, म्याथियस जिन्टर र गोलरक्षक यान सोम्मेर टोलीमा हुनेछ । यि दुई टोलीले अघिल्लो महिना २–२ गोलको बराबरी खेलेका थिए । दुई गोलले पछि परेको अवस्थामा रियालले खेललाई बराबरीमा ल्याउन सफल भएको थियो ।

यही समूहको अर्काे खेलमा आज राति नै इटालियन क्लब इन्टर मिलानले साख्तरलाई घरेलु मैदानमा आतिथ्यता गर्दैछ । खेल राति १ः४५ बजे मिलानोमा हुनेछ ।

May 5, 2024

म्यानचेस्टर सिटीको जितमा हालान्डको चार गोल

एजेन्सी – स्टार फरवार्ड एरलिङ हालान्डको चार गोल सँगै लगातार चौथो पटक इंग्लिश प्रिमियर लिग उपाधि आकांक्षी म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले वल्भस माथि ५-१ को फराकिलो जीत दर्ता गरेको हो । जोस्को गवार्डीओल माथि वल्भस्का आइट-नुरीले पाएको पेनाल्टीमा गोल गर्दै १२औं मिनेटमा हालान्डले सिटीलाई सुरुवाती अग्रता […]

May 5, 2024

बार्सिलोनाको हारसँगै रियललाई लालिगा उपाधि

एजेन्सी – बार्सिलोनाको हारसँगै रियल म्याड्रिडले २०२३/२४ सिजनको स्पेनिश शीर्ष डिभिजन लालिगाको उपाधिको जितेको छ । बार्सिलोना जिरोनाविरुद्ध ४-२ ले पराजित भएसँगै रियलले लिग उपाधि जित्ने पक्का भएको हो । बार्सिलोनाले खेलमा दुई पटक अग्रता लिएपनि हार बेहोर्न पुग्यो । खेलको तेस्रो मिनेटमा नै आन्द्रेयास क्रिस्टेनसनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । चौथो मिनेटमा […]

May 4, 2024

रियल म्याड्रिड स्पेनिस लिग उपाधि नजिक

एजेन्सी – कीर्तिमानी विजेता टोली रियल म्याड्रिड स्पेनिस शीर्ष डिभिजन ला लिगाको उपाधिको नजिक पुगेको छ । काडिज माथि शनिबार भएको खेलमा ३-० को जित निकाल्दै रियलको ४ खेल बाँकी छँदै २०२३/०२३ लिग उपाधिको नजिक पुगेको हो । रियलको जितमा ब्राहिम डियाज, जुड बेलिङ्घम र जोसेलुले समान‌ १ गोल गरे । ५१औं मिनेटमा बक्सको छेउबाट […]

Success

Thank you for your time.