default_image

3 years ago

December 9, 2020

अर्जेन्टिनालाई विश्वकपको फाइनलमा पुर्‍याएका प्रशिक्षक सावेलाको निधन

एजेन्सी – दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाका पुर्व खेलाडी तथा पुर्व प्रशिक्षक एलेजान्द्रो सावेलाको निधन भएको छ । आफ्नो सहकर्माी डिएगो म्याराडोनाको निधन भएको दुई साता नबित्दै सावेलाको ६६ वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भएको बुझिएपनि यसबारे आधिकारिक तथ्य बाहिर आएको छैन । म्याराडोना र सावेलाले १९८० को दशकमा अर्जेन्टिनाको टोलीबाट सँगै खेलेका थिए । मिडफिल्डर […]

35 views

0 Bookmark

एजेन्सी – दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाका पुर्व खेलाडी तथा पुर्व प्रशिक्षक एलेजान्द्रो सावेलाको निधन भएको छ ।

आफ्नो सहकर्माी डिएगो म्याराडोनाको निधन भएको दुई साता नबित्दै सावेलाको ६६ वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भएको बुझिएपनि यसबारे आधिकारिक तथ्य बाहिर आएको छैन । म्याराडोना र सावेलाले १९८० को दशकमा अर्जेन्टिनाको टोलीबाट सँगै खेलेका थिए । मिडफिल्डर सावेलाले अर्जेन्टिनामा १९८३–८४ मा अर्जेन्टिनाबाट ८ खेल खेलेका थिए ।

बेलायती पत्रिका दि सनका अनुसार सावेलालाई गत महिनाको अन्त्यतिर उनलाई एक विशेष अस्पतालमा लगिएको थियो । त्यहाँ उनको खुट्टामा तरल पदार्थ जमेको देखिएको थियो । उनलाई भाइरस भएको आशंका भएपछि ब्युनर्स आयर्समा रहेको इन्ट्रा अस्पतालमा विशेष हेरचाहमा राखिएको थियो । परिवार निकट स्रोतका अनुसार उनको हृदयघातका कारण निधन हुन पुगेको बुझिएको छ ।

सावेलाको प्रशिक्षणमा अर्जेन्टिनाले ब्राजिलमा भएको विश्वकपको फाइनलसम्मको यात्रा तय गरेको थियो । अतिरिक्त समयमा मारियो गोट्जेले गोल गरेपछि अर्जेन्टिना विश्वकप जित्नबाट वञ्चित बनेको थियो ।

सावेलाले १९७४ बाट लिभर प्लेटबाट खेल्दै व्यवसायिक खेलजीवन सुरु गरेका थिए । त्यसपछि उनले इंग्लिस क्लब सेफिल्ड युनाइटेड र लिड्स युनाइटेडबाट चार सिजन खेलेका थिए । त्यसपछि उनी अर्जेन्टिनी क्लब एस्टुडियान्ट्समा आबद्ध भएका थिए । त्यहाँबाट उनी लोनमा ब्राजिलियन क्लब ग्रेमियो पुगेका थिए ।

त्यसपछि अर्काे अर्जेन्टिनी क्लब फेरो क्यारिल ओस्टेबाट एक सिजन खेलेपछि उनी मेक्सिकन क्लब इरापुआटो पुगेका थिए । त्यहीबाट उनले १९८९ मा व्यवसायिक खेल जीवनबाट सन्यास लिएका लिदै प्रशिक्षण यात्रामा होमिएका थिए ।

सावेला २००९ मा अर्जेन्टिनी क्लब एस्टुडियान्ट्सको प्रशिक्षक बने । उनले टोलीलाई कोपा लिबर्टाडोरसको च्याम्पियन बनाए । सोही वर्ष फिफा क्लब विश्वकपमा उनको टोली फाइनलमा क्याटलान क्लब बार्सिलोनासँग पराजित भएको थियो ।

अर्जेन्टिनाले सावेलालाई २ अगस्ट २०११ मा अर्जेन्टिनाको प्रशिक्षको रुपमा नियुक्त गर्यो । उनले लियोनले मेस्सीलाई टोलीको कप्तानको जिम्मेवारी सुम्पिएका थिए ।

२०१४ को विश्वकपमा समूह चरणमा अर्जेन्टिनाले बोस्निया हर्ज गोभिना, इरान र नाइजेरियालाई हरायो । प्रि– क्वाटरफाइनलमा स्वीट्जरल्यान्ड, क्वाटरफाइनलमा बेल्जियम र सेमिफाइनलमा हल्यान्डलाई हराउदै फाइनलको यात्रा तय गरेको थियो ।

तर, फाइनलमा उनका टोली जर्मनीसँग अतिरिक्त समयमा १–० ले पराजित हुदै विश्व च्याम्पियन बन्नबाट चुकेको थियो । मारियो गोट्जेले खेल सकिन केही समय बाँकी रहँदा निर्णायक गोल गरेका थिए ।

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

May 5, 2024

म्यानचेस्टर सिटीको जितमा हालान्डको चार गोल

एजेन्सी – स्टार फरवार्ड एरलिङ हालान्डको चार गोल सँगै लगातार चौथो पटक इंग्लिश प्रिमियर लिग उपाधि आकांक्षी म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले वल्भस माथि ५-१ को फराकिलो जीत दर्ता गरेको हो । जोस्को गवार्डीओल माथि वल्भस्का आइट-नुरीले पाएको पेनाल्टीमा गोल गर्दै १२औं मिनेटमा हालान्डले सिटीलाई सुरुवाती अग्रता […]

May 5, 2024

बार्सिलोनाको हारसँगै रियललाई लालिगा उपाधि

एजेन्सी – बार्सिलोनाको हारसँगै रियल म्याड्रिडले २०२३/२४ सिजनको स्पेनिश शीर्ष डिभिजन लालिगाको उपाधिको जितेको छ । बार्सिलोना जिरोनाविरुद्ध ४-२ ले पराजित भएसँगै रियलले लिग उपाधि जित्ने पक्का भएको हो । बार्सिलोनाले खेलमा दुई पटक अग्रता लिएपनि हार बेहोर्न पुग्यो । खेलको तेस्रो मिनेटमा नै आन्द्रेयास क्रिस्टेनसनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । चौथो मिनेटमा […]

Success

Thank you for your time.