default_image

3 years ago

December 9, 2020

एट्लेटिको म्याड्रिडलाई साल्जबर्गको चुनौती

एजेन्सी – युईएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा आज राति अष्ट्रियन क्लब साल्जबर्गले घरेलु मैदानमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडको सामना गर्दैछ । खेल रेडबुल एरिना वालसमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । दुवै टोली खेल आफ्नो पक्षमा पार्दै समूह ‘ए’ बाट नकआउट चरणमा पुग्ने लक्ष्यमा हुनेछ । साल्जबर्गलाई नकआउट चरण पुग्न एट्लेटिकोविरुद्ध निश्चित […]

40 views

0 Bookmark

एजेन्सी – युईएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा आज राति अष्ट्रियन क्लब साल्जबर्गले घरेलु मैदानमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडको सामना गर्दैछ ।

खेल रेडबुल एरिना वालसमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । दुवै टोली खेल आफ्नो पक्षमा पार्दै समूह ‘ए’ बाट नकआउट चरणमा पुग्ने लक्ष्यमा हुनेछ । साल्जबर्गलाई नकआउट चरण पुग्न एट्लेटिकोविरुद्ध निश्चित जितको खाँचो छ ।

बराबरी या हारले साल्जबर्गको यो सिजनको च्याम्पियन्स लिग यात्रा समूह चरणमै टुंगिनेछ । त्यसैले साल्जबर्ग एट्लेटिको विरुद्ध निश्चित जितकै लागि खेल्नेछ । टोलीसँग सिकोउ कोइटा, मर्गिम बेरिसा, ज्लाटको जुनुजभिच, इनक मेउपु, म्याक्सिमिलियन वुवेर, एन्ड्रियस उल्मेर र गोलरक्षक सिक्यान स्टान्कोभिचको साथ रहेको छ ।

यता, बराबरीले पनि अघिल्लो चरणको यात्रा तय गर्ने एट्लेटिको म्याड्रिड साल्जबर्गविरुद्ध अंक नगुमाउने लक्ष्यमा हुनेछ । टोलीसँग लुइस सुआरेज, जोआओ फेलिक्स, भिटोलो, कोके, मार्काेस लोरेन्टे, किरिएन ट्रिपिएर र जान ओब्लाकको साथ रहेको छ ।

यही समूहको अर्काे खेलमा जर्मन क्लब बायर्न म्युनिखले रसियन क्लब लोकोमोटिभ मस्कोबीच राति १ः४५ बजे प्रतिस्पर्धा हुनेछ । बायर्न समूह विजेताको रुपमा नकआउट चरणमा पुगिसकेको छ । लोकोमोटिभलाई युरोपा लिगको प्ले अफ खेल्ने सम्भावना रहेको छ ।

लोकोमोटिभले बायर्नविरुद्ध जित हात पारे र साल्जवर्ग एट्लेटिकोसँग पराजित भएको अवस्थामा लोकोमोटिभले युरोपा लिगको प्ले अफमा स्थान पक्का गर्नेछ ।

May 5, 2024

म्यानचेस्टर सिटीको जितमा हालान्डको चार गोल

एजेन्सी – स्टार फरवार्ड एरलिङ हालान्डको चार गोल सँगै लगातार चौथो पटक इंग्लिश प्रिमियर लिग उपाधि आकांक्षी म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले वल्भस माथि ५-१ को फराकिलो जीत दर्ता गरेको हो । जोस्को गवार्डीओल माथि वल्भस्का आइट-नुरीले पाएको पेनाल्टीमा गोल गर्दै १२औं मिनेटमा हालान्डले सिटीलाई सुरुवाती अग्रता […]

May 5, 2024

बार्सिलोनाको हारसँगै रियललाई लालिगा उपाधि

एजेन्सी – बार्सिलोनाको हारसँगै रियल म्याड्रिडले २०२३/२४ सिजनको स्पेनिश शीर्ष डिभिजन लालिगाको उपाधिको जितेको छ । बार्सिलोना जिरोनाविरुद्ध ४-२ ले पराजित भएसँगै रियलले लिग उपाधि जित्ने पक्का भएको हो । बार्सिलोनाले खेलमा दुई पटक अग्रता लिएपनि हार बेहोर्न पुग्यो । खेलको तेस्रो मिनेटमा नै आन्द्रेयास क्रिस्टेनसनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । चौथो मिनेटमा […]

May 4, 2024

रियल म्याड्रिड स्पेनिस लिग उपाधि नजिक

एजेन्सी – कीर्तिमानी विजेता टोली रियल म्याड्रिड स्पेनिस शीर्ष डिभिजन ला लिगाको उपाधिको नजिक पुगेको छ । काडिज माथि शनिबार भएको खेलमा ३-० को जित निकाल्दै रियलको ४ खेल बाँकी छँदै २०२३/०२३ लिग उपाधिको नजिक पुगेको हो । रियलको जितमा ब्राहिम डियाज, जुड बेलिङ्घम र जोसेलुले समान‌ १ गोल गरे । ५१औं मिनेटमा बक्सको छेउबाट […]

Success

Thank you for your time.