default_image

3 years ago

December 9, 2020

म्यानचेस्टर सिटी र मार्से भिड्दै

एजेन्सी – युईएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा आज राति इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रान्सेली क्लब मार्सेबीच प्रतिस्पर्धा हुँदैछ । खेल म्यानचेस्टर सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा राति १ः४५ बजे हुनेछ । समूह ‘सी’ विजेताको रुपमा नकआउट चरणमा स्थान बनाइसकेको सिटी समूहमा अपराजित रहने योजनासहित मैदान उत्रनेछ । सिटीले मार्सेविरुद्ध दोस्रा रोजाईको टोलीलाई […]

20 views

0 Bookmark

एजेन्सी – युईएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा आज राति इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रान्सेली क्लब मार्सेबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल म्यानचेस्टर सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा राति १ः४५ बजे हुनेछ । समूह ‘सी’ विजेताको रुपमा नकआउट चरणमा स्थान बनाइसकेको सिटी समूहमा अपराजित रहने योजनासहित मैदान उत्रनेछ । सिटीले मार्सेविरुद्ध दोस्रा रोजाईको टोलीलाई मौका दिन सक्नेछ ।

टोलीसँग फेरान टोरेस, फिल फोडेन, बर्नाडो सिल्भा, रोड्री, फर्नाडिन्हो, इल्केए गुन्डोगान, इरिक गार्सिया, काइल वाल्कर र गोलरक्षक इडर्सन मोराएसको साथ रहेको छ । रहिम स्टर्लिङ, गाब्रियल जेसस, केभिन डि ब्रुयन र रियाद महारेजलाई विश्राम दिन सक्नेछ ।

यता, युरोपा लिग खेल्ने सम्भावना रहेको मार्से पनि सिटीलाई हराउने लक्ष्यमा मैदान उत्रनेछ । मार्से र ओलम्पियाकोसबीच युरोपा लिग स्थानको लागि प्रतिस्पर्धा छ । दुवै टोलीको समान ३ अंक छ ।

ग्रीसको ओलम्पियाकोसले पोर्चुगिज एफसी पोर्टाेसँग खेल्दैछ । सिटीविरुद्ध जित निकालेको अवस्थामा र अर्काे खेलमा ओलम्पियाकोस पराजित भए मार्से युरोपा लिगको प्ले अफमा प्रवेश गर्नेछ । मार्सेसँग डिमिट्रि पाएट, डारियो बेनेडेट्टो, फ्लोरियल थोउभिन, बोउबाकार कामरा, जोर्डन एमाभी, हिरोकी साकाई र गोलरक्षक स्टिभ मान्डान्डाको साथ रहेको छ ।

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

May 5, 2024

म्यानचेस्टर सिटीको जितमा हालान्डको चार गोल

एजेन्सी – स्टार फरवार्ड एरलिङ हालान्डको चार गोल सँगै लगातार चौथो पटक इंग्लिश प्रिमियर लिग उपाधि आकांक्षी म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले वल्भस माथि ५-१ को फराकिलो जीत दर्ता गरेको हो । जोस्को गवार्डीओल माथि वल्भस्का आइट-नुरीले पाएको पेनाल्टीमा गोल गर्दै १२औं मिनेटमा हालान्डले सिटीलाई सुरुवाती अग्रता […]

Success

Thank you for your time.