default_image

3 years ago

December 10, 2020

नेयमारको ह्याट्रिकमा पिएसजीको सानदार जित

एजेन्सी – ब्राजिलियन फरवार्ड नेयमारले ह्याट्रिक प्रहार गरेपछि पिएसजीले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार स्थगित भएको खेलमा इस्तानबुल बसाकसेइरलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको छ । मंगलबार खेल संचालन गर्ने रेफ्री टोलीका एक सदस्यले रंगभेदी टिप्पणी गरेको भन्दै दुवै टोलीले मैदान छाडेपछि यूईएफएले बुधबार नयाँ रेफ्री टोलीसहित खेल संचालन गरेको थियो । अघिल्लो दिन […]

32 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन फरवार्ड नेयमारले ह्याट्रिक प्रहार गरेपछि पिएसजीले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार स्थगित भएको खेलमा इस्तानबुल बसाकसेइरलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको छ ।

मंगलबार खेल संचालन गर्ने रेफ्री टोलीका एक सदस्यले रंगभेदी टिप्पणी गरेको भन्दै दुवै टोलीले मैदान छाडेपछि यूईएफएले बुधबार नयाँ रेफ्री टोलीसहित खेल संचालन गरेको थियो । अघिल्लो दिन १५ मिनेटमा गोलरहित रहेको अवस्थाबाट नै खेल सुरु भएको थियो । खेल सुरु हुनुअघि दुवै टोलीका सदस्य र अफिसियलले मैदानको बीच भागमा घुँडा टेकेर रंगभेदविरुद्ध आवाज उठाएका थिए ।

१५ औं मिनेटमा इस्तानबुलले फ्रिकिक लिएर सुरु भएको खेलमा पिएसजीले २१ औं मिनेटमा नै अग्रता लियो । नेयमारले मार्को भेराट्टीको पासलाई नियन्त्रणमा लिँदै डिफेन्डरलाई नटमेग गरेपछि उत्कृष्ट फिनिस गर्दै फ्रान्सेली टोलीलाई अग्रता दिलाएका थिए ।

३७ औं मिनेटमा काउन्टर अट्याकमा अघि बढेको पिएसजीका लागि नेयमारले अग्रता दोब्बर पारे । उनले किलियन एम्बाप्पेको पासलाई गोलमा परिणत गरेका थिए । ४२ औं मिनेटमा एम्बापपे आफैंले गोल गर्दै पहिलो हाफमा नै पिएसजीलाई ३-० को अग्रता दिलाए । नेयमारलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा उनले गोल गरे ।

दोस्रो हाफको ५० औं मिनेटमा नेयमारले ह्याट्रिक पूरा गरे । एन्जल डी मारियाको पासमा ब्राजिलियन नेयमारले झन्डै २० यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । ५७ औं मिनेटमा मेहमेत टोपालले इस्तानबुलका लागि गोल फर्काए । एम्बापपेले त्यसको ५ मिनेटमै गोल गर्दै ५-१ को आरामदायी अवस्थामा पुर्याए ।

यस जितसँगै पिएसजी समूहको शीर्षस्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ । लाइप्जिग र पिएसजी दुवैको ६ खेलमा १२ अंक भएपनि हेड टु हेडमा फ्रान्सेली टोली अघि रहयो । यस समूहमा ९ अंक जोडेको युनाइटेड युरोपा लिगमा पुग्दा इस्तानबुलको यात्रा समूह चरणमा नै सिमित भयो ।

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

May 5, 2024

म्यानचेस्टर सिटीको जितमा हालान्डको चार गोल

एजेन्सी – स्टार फरवार्ड एरलिङ हालान्डको चार गोल सँगै लगातार चौथो पटक इंग्लिश प्रिमियर लिग उपाधि आकांक्षी म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले वल्भस माथि ५-१ को फराकिलो जीत दर्ता गरेको हो । जोस्को गवार्डीओल माथि वल्भस्का आइट-नुरीले पाएको पेनाल्टीमा गोल गर्दै १२औं मिनेटमा हालान्डले सिटीलाई सुरुवाती अग्रता […]

Success

Thank you for your time.