default_image

3 years ago

December 10, 2020

एटलान्टा नकआउट चरणमा, लिभरपुल रोकियो

एजेन्सी – इटालियन क्लब एटलान्टा युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । समूह चरणको अन्तिम खेलमा १० खेलाडीमा समेटिएको डच क्लब आयाक्समाथि १–० को जित निकाल्दै एटलान्टाले समूह ‘डी’ बाट उपविजेताको रुपमा अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो । यो समूहबाट इंग्लिस क्लब लिभरपुल समूह विजेता बन्दै अघिल्लो चरणको यात्रा […]

30 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब एटलान्टा युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ ।

समूह चरणको अन्तिम खेलमा १० खेलाडीमा समेटिएको डच क्लब आयाक्समाथि १–० को जित निकाल्दै एटलान्टाले समूह ‘डी’ बाट उपविजेताको रुपमा अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो ।

यो समूहबाट इंग्लिस क्लब लिभरपुल समूह विजेता बन्दै अघिल्लो चरणको यात्रा तय गर्दा एटलान्टासँग पराजित भएको आयाक्स युरोपा लिगमा झरेको छ ।

योहान क्रुएफ एरिना आम्सटर्डममा बुधबार राति भएको खेलको १९औं मिनेटमा डि रुनको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा एटलान्टा अग्रता लिनबाट चुक्यो । पहिलो हाफको इन्ज्युरी समयमा एन्टोनीको पासमा ब्रोबवेले डि बक्सभित्रबाट गरेको प्रहार गोलरक्षक गोलिनीको हातमा पुग्दा आयाक्सले अग्रता लिन सकेन ।

६६औं मिनेटमा एन्ड्रे ओनानाको गल्तीको फाइदा एटलान्टाले लिन सकेन । कर्नरबाट आएको बललाई ओनानाले पञ्च गर्न प्रयास गरेपनि सफल हुन नसक्दा एटलान्टाले अर्काे कर्नर पाएको थियो ।

६८औं मिनेटमा बेराट डिजिमसिटीको गल्तीमा इकेलेनकेम्पले क्लास जान हन्टेलरलाई पास दिनुअघि फ्रेउलेरले फल गरेको भन्दै आयाक्सले पेनाल्टीको अपिल गरेपनि रेफ्रीले त्यसलाई सुनुवाई गरेन । ७४औं मिनेटमा हन्टेलरको ब्याकहिल पासमा इकेलेनकेम्पको प्रहारलाई गोलिनिले बचाउदै आयाक्सको अग्रता टारे ।

७९औं मिनेटमा घरेलु टोली आयाक्स १० खेलाडीमा समेटियो । रायन ग्राभेनवर्च दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिए । त्यसको फाइदा उठाउदै एटलान्टाले ८५औं मिनेटमा गोल गर्दै अग्रता लिन सफल भयो । लुइस मुरिएलले रेमो फ्रेउलेरको पासमा गोल गरेका थिए । बल पोजेसनमा घरेलु टोलीले पकड बनाएपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।

यो समूहको अर्काे खेलमा इंग्लिस क्लब लिभरपुल डेनिस क्लब मिट्जेल्यान्डसँग १–१ गोलको बराबरीमा रोकियो । लिभरपुलका मोहम्मद सलाहले खेलको पहिलो मिनेटमा गोल गर्दै अग्रता दिलाएपनि ६२औं मिनेटमा एलेक्सान्डर स्कल्जले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

यो समूहमा लिभरपुलले १३ अंक जोड्यो । एटलान्टाले ११ तथा आयाक्सले ७ तथा मिट्जेल्यान्डले २ अंक जोड्यो ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.