default_image

3 years ago

December 10, 2020

फिफा वरियतामा नेपाल यथावत

काठमाडौं (हाम्रो खेलकुद)– फिफा वरियतामा नेपाल यथावत रहेको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको डिसेम्बरको वरियतामा नेपाल १ सय ७१ औं स्थानमा कायम रहेको छ । कात्तिक २७ र मंसिर २ गते खेलको बंगलादेशविरुद्धको २ खेलको सिरिजमा नेपाल पराजित भएको थियो । पहिलो खेलमा २–० को हार बेहोरेको नेपालले अर्को खेलमा […]

30 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– फिफा वरियतामा नेपाल यथावत रहेको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको डिसेम्बरको वरियतामा नेपाल १ सय ७१ औं स्थानमा कायम रहेको छ ।

कात्तिक २७ र मंसिर २ गते खेलको बंगलादेशविरुद्धको २ खेलको सिरिजमा नेपाल पराजित भएको थियो । पहिलो खेलमा २–० को हार बेहोरेको नेपालले अर्को खेलमा गोलरहित बराबरी खेलेको थियो ।
दक्षिण एसियामा शीर्ष स्थानमा रहँदै आएको भारत १ सय ४ औं स्थानमा छ । नेपाल भन्दा माथि रहेको माल्दिभ्स १ सय ५५ औं स्थानमा छ । नेपालसँगको सिरिजमा विजयी भएपनि कतारसँगको विश्व कप छनोटमा पराजित भएको बंगलादेश वरियतामा २ स्थान तल झर्दै १ सय ८६ औं स्थानमा छ ।

भुटान १ सय ८९ औं, पाकिस्तान २ सयौं तथा श्रीलंका २ सय ६ औं स्थानमा छ । फिफा वरियताको शीर्ष १० मा कुनै परिवर्तन भएको छैन । बेल्जियम शीर्षस्थानमा, फ्रान्स दोस्रो, ब्राजिल तेस्रो , इग्ल्यान्ड चौथो र पोर्चुगल पाँचौं स्थानमा छ । छैटौंमा स्पेन, सातौंमा अर्जेन्टिना, आठौंमा उरुग्वे, नवौंमा मेक्सिको र दसौंमा इटाली रहेको छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.