default_image

3 years ago

December 10, 2020

महिला र पुरुष फुटबलरलाई बराबर तलब

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला तथा पुरुष राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई समान तलब दिने निर्णय गरेको छ ।

बिहिबार बसेको एन्फा कार्यसमिति बैठकले महिला र पुरुष दुवै टोलीको तलब वृद्धि गर्दै समान तलब दिने निर्णय गरेको हो । यसअघि एन्फाले पुरुष खेलाडीलाई मासिक १५ हजार तथा महिलालाई मासिक ७ हजार दिँदै आएकोमा अब दुवै टोलीका सदस्यलाई जनही १८ हजार तलब प्रदान गर्ने निर्णय गरेको हो । साथसाथै फिफा रेफ्रीको तलब पनि साविकको ६ हजार बाट बढेर मासिक १० हजार रुपैयाँमा पुगेको छ ।

यस्तै एन्फाले स्थगित भएको बी डिभिजन लिग सुचारु गर्न तथा राष्ट्रिय महिला लिग, प्रदेश लिग, एन्फा प्रेसिडेन्ट लिग, सी डिभिजन लगायत अन्य प्रतियोगिता गर्न पनि राखेपसँग स्वीकृति माग्ने भएको छ । कार्यसमितिले एन्फा कम्प्लेक्समा रहेको कृतिम घाँसे खेल मैदानमा पनि फ्लडलाइट जडान गर्ने निर्णय गरेको छ ।

एन्फा कम्प्लेक्समै रहेको फिटनेस सेन्टरको स्तरोन्नति गर्नुका साथै सोभिनिएर सप निर्माण गर्ने प्रस्ताव पनि पारित भएको छ । यसका लागि दिनेश ब्यन्जनकारलाई संयोजक तोकिएको छ । एन्फाले युवा विकास परियोजना पारित गर्दै एन्फाअन्तर्गतकै विभिन्न विभागहरुको रणनितीक योजना पनि अनुमोदन गरेको छ ।

एन्फाले माघ ६ गते साधारण सभा आयोजना गर्न राष्ट्रिय खेलकुद परिषदमा स्वीकृतीका लागि अनुरोध गर्नेछ । एन्फा क्लब लाइसेन्सिङ लागु गर्न मापदण्डहरु पनि पारित गरिएको छ । जिल्लामा फुटबल प्रशिक्षण केन्द्र स्थापना तथा निर्माण गर्न सम्पूर्ण प्रक्रिया पूरा गरेका १२ जिल्लामा एन्फाले स्थानीय निकायसँग कुल लागतको ५० प्रतिशत साझेदारी गर्ने निर्णय पनि गरेको छ ।

यस्तै कास्कीमा एन्फाले बहुउद्देश्यीय फुटबल प्राविधिक केन्द्र निर्माण गर्ने निर्णय पनि पारित गरेको छ । सँगसँगै फुटसल तथा बीच साकार प्रतियोगिता आयोजना गर्ने र एन्फाको मुद्दती खाता नविकरण गर्ने निर्णय गरिएको छ ।

एन्फाले कास्की जिल्ला फुटबल संघको अध्यक्ष मिलन गुरुङसंग सम्बन्धित विषयमा प्राप्त प्रतिवेदनसहित अनुशासन र कानुन समितिमा राय माग गर्दै पेश गर्ने निर्णय गर्यो । यस्तै एन्फाका पूर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठसँगै पूर्व फुटबल खेलाडी मणि शाहको अर्धकदको शालिक निर्माण गरिने भएको छ ।

यो पनि : प्रशिक्षक कालिनले राजिनामा दिए

कार्यसमितिको निर्णय :

May 6, 2024

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने!

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको रंगशाला निरीक्षणपछि रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको हो । एन्फा महासचिव किरण राईका अनुसार रंगशालाको मैदानको पिच, फ्लड लाइट र सुरक्षा सम्बन्धि विषयमा एएफसीले गम्भीर […]

May 6, 2024

फुटबलर सविता पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)– एभरग्रिन कन्स्ट्रकसन एन्ड कन्स्लटेन्सी प्रालिले राष्ट्रिय फुटबल टोली तथा एपिएफकी फरवार्ड सविता रानामगरलाई नगदले पुरस्कृत गरेको छ । प्रालिका अध्यक्ष अभिषेक कोइराला र मेनेनजर स्रदिप प्रधानले सोमबार सवितालाई चेक हस्तान्तरण गरेका थिए । साउदी अरबमा फागुनमा भएको वाफ च्याम्पियनसिपमा उच्च प्रदर्शन गरेकामा भन्दै प्रालिले उनलाई नगदले पुरस्कृत गरेको हो । जोर्डनसँगको फाइनलमा […]

May 6, 2024

नेपाल र इङ्ल्यान्ड ‘सि’ आज खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज इङ्ल्यान्ड ‘सि’ को सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८:४५ बजे एल्डरशट स्थित नेशनल लिग टोली एल्डरशट टाउनको घरेलु मैदान इबिबि स्टेडियममा सुरु हुनेछ । इङ्ल्यान्डमा रहेका नेपाली समुदायमा फुटबलको प्रोफाइल उकास्न र दक्षिण एसियाली समुदायको सहभागिता बढाउन सहयोग पुर्याउने […]

Success

Thank you for your time.