default_image

3 years ago

December 11, 2020

‘रोनाल्डोले कहिल्यै रक्सी खाएनन्’

एजेन्सी – क्रिस्टियानो रोनाल्डोका पूर्व सहकर्मीले उनको प्रशिक्षणका दौरानको समपर्ण र अनुशासनको खुलेर तारिफ गरेका छन् । म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड डिमिटार बेर्भाटोभले क्रिस्टमस जस्ता उत्सवमा पनि रोनाल्डोले मादक पदार्थ सेवन नगर्ने स्मरण गरे । फुटबल प्रतिको उनको समपर्णकै कारण बढी अनुशासित रहने गरेको बेर्भाटोभको निष्कर्ष छ ।बेर्भाटोभ सन् २००८ को समरमा युनाइटेड पुगेका थिए […]

60 views

0 Bookmark

एजेन्सी – क्रिस्टियानो रोनाल्डोका पूर्व सहकर्मीले उनको प्रशिक्षणका दौरानको समपर्ण र अनुशासनको खुलेर तारिफ गरेका छन् । म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड डिमिटार बेर्भाटोभले क्रिस्टमस जस्ता उत्सवमा पनि रोनाल्डोले मादक पदार्थ सेवन नगर्ने स्मरण गरे ।

फुटबल प्रतिको उनको समपर्णकै कारण बढी अनुशासित रहने गरेको बेर्भाटोभको निष्कर्ष छ ।
बेर्भाटोभ सन् २००८ को समरमा युनाइटेड पुगेका थिए । जहाँ उनले रोनाल्डोसँग एक सिजनसँगै खेलेका थिए । उनीहरु दुई जनाको समन्वयमा वेस्ट ह्यामविरुद्धको गोलको अहिले पनि स्मरण गरिन्छ ।

‘उनीसँग एउटा सिजनसँगै खेल्न पाउँदा आफूलाई भाग्यशाली ठान्छु । उनी हरेक प्रशिक्षणलाई युद्धका रुपमा हेर्थे । हरेक खेल जित्ने इच्छा हुन मेरो विचारमा खराब होइन,’ रोनाल्डोका बारेमा उनले भने, ‘उनी एउटा ज्ञानी बच्चा जस्तै हुन् । रमाइलो तर एकदमै व्यवसायिक । उनले पार्टीमा जाँदा समेत कहिल्यै मादक पदार्थ (रक्सी) सेवन गरेनन् ।’

रोनाल्डोले आफ्नो निकै ख्याल गर्ने गरेको पनि बेर्भोटोभले सुनाए । ‘उनी अभ्यासमा पनि चाडै पुग्थे । त्यस्तै जिममा जान्थे । उनी गोलका लागि धेरै भन्दा धेरै अभ्यास गर्थे, ‘उनले सम्झिए, ‘त्यसपछि जिम अनि पौडी खेल्न जान्थे । उनी एकदमै समर्पित खेलाडी हुन् ।’

रोनाल्डो र बार्सिलोनाका लिओसन मेस्सीको तुलाना गर्नबाट भने यूनाइटेडका पूर्व फरवार्ड जोगिए । उनले दुवैलाई विश्वले सन्यासपछि भने खुब याद आउने बताए । ‘रोनाल्डोले सन्न्यास लिएपछि अरु स्टार आउछन्, ‘ उनले भने, ‘तर हामीले अहिले हरेक दिन उनीहरुलाई देख्ने भएकाले खासै महत्त्व दिएका छैनौं । जब उनीहरुले बुट थन्क्याउनेछन् त्यसपछि उनीहरुको खेल हामीले धेरै याद गर्नेछौं ।’

May 5, 2024

म्यानचेस्टर सिटीको जितमा हालान्डको चार गोल

एजेन्सी – स्टार फरवार्ड एरलिङ हालान्डको चार गोल सँगै लगातार चौथो पटक इंग्लिश प्रिमियर लिग उपाधि आकांक्षी म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले वल्भस माथि ५-१ को फराकिलो जीत दर्ता गरेको हो । जोस्को गवार्डीओल माथि वल्भस्का आइट-नुरीले पाएको पेनाल्टीमा गोल गर्दै १२औं मिनेटमा हालान्डले सिटीलाई सुरुवाती अग्रता […]

May 5, 2024

बार्सिलोनाको हारसँगै रियललाई लालिगा उपाधि

एजेन्सी – बार्सिलोनाको हारसँगै रियल म्याड्रिडले २०२३/२४ सिजनको स्पेनिश शीर्ष डिभिजन लालिगाको उपाधिको जितेको छ । बार्सिलोना जिरोनाविरुद्ध ४-२ ले पराजित भएसँगै रियलले लिग उपाधि जित्ने पक्का भएको हो । बार्सिलोनाले खेलमा दुई पटक अग्रता लिएपनि हार बेहोर्न पुग्यो । खेलको तेस्रो मिनेटमा नै आन्द्रेयास क्रिस्टेनसनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । चौथो मिनेटमा […]

May 4, 2024

रियल म्याड्रिड स्पेनिस लिग उपाधि नजिक

एजेन्सी – कीर्तिमानी विजेता टोली रियल म्याड्रिड स्पेनिस शीर्ष डिभिजन ला लिगाको उपाधिको नजिक पुगेको छ । काडिज माथि शनिबार भएको खेलमा ३-० को जित निकाल्दै रियलको ४ खेल बाँकी छँदै २०२३/०२३ लिग उपाधिको नजिक पुगेको हो । रियलको जितमा ब्राहिम डियाज, जुड बेलिङ्घम र जोसेलुले समान‌ १ गोल गरे । ५१औं मिनेटमा बक्सको छेउबाट […]

Success

Thank you for your time.