default_image

3 years ago

December 11, 2020

युरोपा लिगमा आर्सनलको शतप्रतिशत जित

एजेन्सी – इंग्लिस क्लब आर्सनलले युरोपा लिगको समूह चरणको खेलमा शतप्रतिशत जित निकालेको छ । बिहीबार राति आयरल्यान्डको डुन्डाल्कलाई ४–२ ले पराजित गर्दै आर्सनलले समूह चरणमा शतप्रतिशत जित निकालेका हो । समूह ‘बी’ मा आर्सनलले मोल्दे, रापिड वेन र डुन्डाल्कलाई दुवै लेगमा हराउन सफल भयो । एभिभा स्टेडियम डब्लिनमा बिहीबार राति भएको खेलमा आर्सनललाई जिताउन […]

23 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब आर्सनलले युरोपा लिगको समूह चरणको खेलमा शतप्रतिशत जित निकालेको छ । बिहीबार राति आयरल्यान्डको डुन्डाल्कलाई ४–२ ले पराजित गर्दै आर्सनलले समूह चरणमा शतप्रतिशत जित निकालेका हो ।

समूह ‘बी’ मा आर्सनलले मोल्दे, रापिड वेन र डुन्डाल्कलाई दुवै लेगमा हराउन सफल भयो । एभिभा स्टेडियम डब्लिनमा बिहीबार राति भएको खेलमा आर्सनललाई जिताउन इडुआर्ड एनकेइट, मोहमेद इलाने, जोसेप विललक र फोलारिन बालोगनले गोल गर्दा घरेलु टोलीका जोर्डन फ्लोरेस र सिन होआरेले गोल गरे ।

पाहुना टोली आर्सनलले खेलको १८ मिनेटभित्र नै २–० को अग्रता कायम गरेको थियो । १२औं मिनेटमा इडुआर्डले तथा १८औं मिनेटमा मोहमद इलानेले गोल गरेका थिए । २२औं मिनेटमा जोर्डन फ्लोरेसले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्कने संकेत दिएका थिए । ६७औं मिनेटमा जोसेप विललकले गोल गर्दै आर्सनललाई जिततर्फ अघि बढाए ।

८०औं मिनेटमा फोलारिनले गोल गरेपछि आर्सनले खेलमा ४–१ को अग्रता बनायो । खेल सकिन ५ मिनेट बाँकी रहँदा सिन होआरेले गोल गरेपनि घरेलु टोलीले हार टार्न सकेन । यो समूहको अर्काे खेलमा रापिड वेन र मोल्देले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे ।

यो नतिजासँगै आर्सनल शतप्रतिशत जित निकाल्दै १८ अंक जोडेर शीर्षस्थानमा रह्यो । मोल्दे १० अंकसहित दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुग्न सफल हुदा रापिड वेन ७ अंकसहित तेस्रो स्थानमा रहँदा अंकविहीन हुदै डुन्डाल्क पुछारमा रह्यो ।

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

May 5, 2024

म्यानचेस्टर सिटीको जितमा हालान्डको चार गोल

एजेन्सी – स्टार फरवार्ड एरलिङ हालान्डको चार गोल सँगै लगातार चौथो पटक इंग्लिश प्रिमियर लिग उपाधि आकांक्षी म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले वल्भस माथि ५-१ को फराकिलो जीत दर्ता गरेको हो । जोस्को गवार्डीओल माथि वल्भस्का आइट-नुरीले पाएको पेनाल्टीमा गोल गर्दै १२औं मिनेटमा हालान्डले सिटीलाई सुरुवाती अग्रता […]

Success

Thank you for your time.