default_image

3 years ago

December 11, 2020

विश्वकै उत्कृष्ट बन्ने पथमा नेयमार

एजेन्सी – विश्वकै उत्कृष्ट खेलाडी बन्ने लक्ष्यका साथ नेयमार बार्सिलोना छाडेर तीन वर्षअघि पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । तर, मैदान भित्र र बाहिरका अनेक विषयले उनको योजनामा तगारो लागिरह्यो । पछिल्लो समय भने उनी त्यो पथमा अघि बढेको संकेतहरु देखिन थालेका छन् । २८ वर्षका नेयमार अब विश्वको उत्कृष्ट खेलाडीको सुचीमा पर्ने क्रममा […]

38 views

0 Bookmark

एजेन्सी – विश्वकै उत्कृष्ट खेलाडी बन्ने लक्ष्यका साथ नेयमार बार्सिलोना छाडेर तीन वर्षअघि पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । तर, मैदान भित्र र बाहिरका अनेक विषयले उनको योजनामा तगारो लागिरह्यो ।

पछिल्लो समय भने उनी त्यो पथमा अघि बढेको संकेतहरु देखिन थालेका छन् । २८ वर्षका नेयमार अब विश्वको उत्कृष्ट खेलाडीको सुचीमा पर्ने क्रममा अघि बढेका छन् । युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो ३५ वर्ष र बार्सिलोनाका लिओनेल मेस्सी ३३ वर्ष भइसक्दा पनि आफ्नो स्वभाविक लयमा खेल्ने कोसिस गरिरहेका छन् ।

‘म पेरिस आएदेखि उत्कृष्ट लयमा छु,’ पहिलो पटक पिएसजीलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याएपछि नेयमारले अगष्टमा भनेका थिए । त्यति बेला टोलीलाई फाइनल सम्मको यात्रा तय गराउने क्रममा नेयमारले अन्तिम १६ मा बोरुसिया डर्टमुन्डविरुद्ध २ गोल गरेका थिए । त्यस्तै अट्लान्टाविरुद्धको क्वाटरफाइनलमा र आरबी लाइप्जिगविरुद्ध एक-एक असिस्ट गरेका थिए ।

यो सिजन उनले लाइप्जिगविरुद्ध एक, म्यानचेस्टर युनाइटेडविरुद्ध २ र इस्तानबुल बासाकसेइरविरुद्ध ह्याट्रिक प्रहार गरेका छन् । च्याम्पियन्स लिगको समूह चरणमा पिएसजी समूह एचको विजेताका रुपमा अन्तिम १६ मा पुगिसकेको छ ।

नेयमारले आफ्नो खेल जीवनमा पहिलो पटक लगातार दुई खेलमा दुई वा त्यो भन्दा बढी गोल गरेका छन् । त्यो पनि टोलीलाई अति आवश्यक समयमा उनले गोल निकालेका छन् । टर्कीस टोलीविरुद्ध समूह चरणको अन्तिम खेलमा पिएसजीले ५ गोल गर्दा नेयमार सबै गोलमा सामेल भएका थिए ।

खेलमा उनीमाथि सबैभन्दा बढी ६ फाउल भएको थियो । उनले ८ वटा सट प्रहार गर्दा ६ वटा गोलरक्षकले बचाएका थिए । उनले १३ पटक ड्रिबल गर्दा सबैभन्दा बढी ५ पटक सफल भए ।

बार्सिलोनामा हुँदा सन् २०१३ मा उनले सेल्टिकविरुद्ध र २०१८ मा रेड स्टारविरुद्ध ह्याट्रिक गरेका थिए । आधुनिक च्याम्पियन्स लिगमा रोनाल्डो र मेस्सीले मात्र नेयमारभन्दा बढी ह्याट्रिक गरेका छन् । दुवैले समान ८ पटक ह्याट्रिक गरेका छन् ।

बुधबारको खेलपछि ब्राजिलियन स्टारले च्याम्प्यिन्स लिगमा सर्वाधिक गोल गर्ने सुचीको १६ औं स्थानमा पुग्ने क्रममा सर्जियो अगुएरो र रिभाल्डोलाई पछि पारेका छन् । नेयमारले ६५ च्याम्पियन्स् लिग खेलमा ४१ गोल गर्नुका साथै २४ असिस्ट गरेका छन् । यो सिजन नेयमारबाहेक ३ खेलाडी मार्कस रासफोर्ड, इर्लिङ हालान्ड र एल्भारो मोराटोले मात्र ५ भन्दा बढी गोल गरेका छन् । सबैले ६-६ गोल गरेका छन् ।

पिएसजीमा सबै खाले गरि ९६ खेलमा नेयमारले ७८ गोल गर्नुका साथै ४० असिस्ट गरिसकेका छन् । टोलीका लागि च्याम्पियन्स लिगमा उनी सर्वाधिक गोल गर्ने सुचीको दोस्रो स्थानमा छन् । इडिन्सन काभानीको नाममा ३० र नेयमारको नाममा २० गोल छ ।

May 5, 2024

म्यानचेस्टर सिटीको जितमा हालान्डको चार गोल

एजेन्सी – स्टार फरवार्ड एरलिङ हालान्डको चार गोल सँगै लगातार चौथो पटक इंग्लिश प्रिमियर लिग उपाधि आकांक्षी म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले वल्भस माथि ५-१ को फराकिलो जीत दर्ता गरेको हो । जोस्को गवार्डीओल माथि वल्भस्का आइट-नुरीले पाएको पेनाल्टीमा गोल गर्दै १२औं मिनेटमा हालान्डले सिटीलाई सुरुवाती अग्रता […]

May 5, 2024

बार्सिलोनाको हारसँगै रियललाई लालिगा उपाधि

एजेन्सी – बार्सिलोनाको हारसँगै रियल म्याड्रिडले २०२३/२४ सिजनको स्पेनिश शीर्ष डिभिजन लालिगाको उपाधिको जितेको छ । बार्सिलोना जिरोनाविरुद्ध ४-२ ले पराजित भएसँगै रियलले लिग उपाधि जित्ने पक्का भएको हो । बार्सिलोनाले खेलमा दुई पटक अग्रता लिएपनि हार बेहोर्न पुग्यो । खेलको तेस्रो मिनेटमा नै आन्द्रेयास क्रिस्टेनसनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । चौथो मिनेटमा […]

May 4, 2024

रियल म्याड्रिड स्पेनिस लिग उपाधि नजिक

एजेन्सी – कीर्तिमानी विजेता टोली रियल म्याड्रिड स्पेनिस शीर्ष डिभिजन ला लिगाको उपाधिको नजिक पुगेको छ । काडिज माथि शनिबार भएको खेलमा ३-० को जित निकाल्दै रियलको ४ खेल बाँकी छँदै २०२३/०२३ लिग उपाधिको नजिक पुगेको हो । रियलको जितमा ब्राहिम डियाज, जुड बेलिङ्घम र जोसेलुले समान‌ १ गोल गरे । ५१औं मिनेटमा बक्सको छेउबाट […]

Success

Thank you for your time.