default_image

3 years ago

December 11, 2020

बार्सिलोना १७ वर्षयताकै खराब अवस्थामा

एजेन्सी – लामो समयपछि गत सिजन बार्सिलोना उपाधिविहिन भएको थियो । जसका कारण टोलीले चर्को आलोचना खेप्नु परेको थियो । रोनाल्ड कोम्यानलाई टोलीको प्रशिक्षण नियुक्त गरेपछि बार्सिलोना पुनः पुरानै लयमा फर्कन्छ र उपाधि खडेरीलाई चिर्नेछ भन्ने आशा गरिएको थियो । यस सिजन कोम्यानको नेतृत्वमा टोलीको सुरुवात सन्तोषजनक हुन सकेको छैन । सिजनको सुरुवातपछिको १६ खेललाई […]

33 views

0 Bookmark

एजेन्सी – लामो समयपछि गत सिजन बार्सिलोना उपाधिविहिन भएको थियो । जसका कारण टोलीले चर्को आलोचना खेप्नु परेको थियो । रोनाल्ड कोम्यानलाई टोलीको प्रशिक्षण नियुक्त गरेपछि बार्सिलोना पुनः पुरानै लयमा फर्कन्छ र उपाधि खडेरीलाई चिर्नेछ भन्ने आशा गरिएको थियो ।

यस सिजन कोम्यानको नेतृत्वमा टोलीको सुरुवात सन्तोषजनक हुन सकेको छैन । सिजनको सुरुवातपछिको १६ खेललाई आधार मान्दा फ्रांक रायकार्डपछि खराब सुरुवात गर्ने प्रशिक्षकमा कोम्यान परेका छन् । १७ वर्षअघि रायकार्डको अवस्था त्यस्तै थियो ।

सन् २००३/०४ मा रायकार्डको नेतृत्वमा १६ खेलमा बार्सिलोनाले ८ खेल मात्र जितेको थियो । ५ खेलमा बराबरी र ३ खेल गुमाएको थियो । त्यति बेला टोली रोनाल्डिन्हो फर्ममा फर्कने आशामा थियो । अहिले बार्सिलोनामा लिओनल मेस्सीको ठिक त्यस्तै अवस्था छ ।

कोम्यानको टोलीले १६ खेलमा ९ खेल जित्दै रायकार्डको भन्दा थोरै मात्रै राम्रो नतिजा निकालेको छ । यद्दपी टोलीले २ खेलमा बराबरी खेल्दा बाँकी ५ खेल गुमाएको छ । ५ मध्येका ४ हार टोलीको ला लिगामा छन् । पछिल्लो हार टोलीले च्याम्पियन्स लिगको समूह चरणमा युभेन्ट्ससँग भोगेको थियो । हारका बाबजुद समूहको उपविजेताका रुपमा टोली च्याम्पियन्स लिगको अघिल्लो चरणमा पुगेको छ । १३ वर्षमा पहिलो पटक टोली समूहको उपविजेताका रुपमा नकआउट चरणमा पुगेको हो ।

पछिल्ला केहि वर्षको तथ्याङ हेर्दा १६ खेलमा कोम्यानले सबैभन्दा बढी ५ खेल हारेका छन् । लुइस इनरिके र किके सेटिनले समान ३, पेप ग्वार्डिओला, इर्नोस्टो भाल्भेर्डे र टिटो भेलानोभाले समान २ खेल हार्दा टाटा मार्निटो भने अपराजित रहेका थिए । मार्टिनोले सुरुवाती १६ खेलमा हार बेहोरेनन् । १२ खेल जिते भने ४ खेलमा बराबरी गरेका थिए ।

त्यस्तै मार्टिनो, ग्वार्डिओला, र इनिरिकेले १२ खेलमा जित निकालेका थिए । त्यस्तै भेलानोभा र भाल्भेर्डेले समान १३, स्टेनले ११ जित निकालेका थिए । तर, यसपटकको तथ्याङ्क फरक छ । समर्थकहरुको चर्को आलोचनाको सामना गरेपनि स्टेनको सुरुवात कोम्यानको भन्दा राम्रो थियो । स्टेनले सुरुका १६ खेलमा ३ खेल मात्र हार्दा कोम्यानले ५ खेल हारिसकेका छन् । दुवैले समान २ खेलमा बराबरी गरेका थिए ।

लगातारको खराब प्रदर्शनले कोम्यानमाथि दबाब पक्कै बढेको छ । यद्दपी आउने खेलमा टोलीको प्रदर्शन उनको भविष्यका लागि महत्त्वपूर्ण हुनेछन् ।

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

May 5, 2024

म्यानचेस्टर सिटीको जितमा हालान्डको चार गोल

एजेन्सी – स्टार फरवार्ड एरलिङ हालान्डको चार गोल सँगै लगातार चौथो पटक इंग्लिश प्रिमियर लिग उपाधि आकांक्षी म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले वल्भस माथि ५-१ को फराकिलो जीत दर्ता गरेको हो । जोस्को गवार्डीओल माथि वल्भस्का आइट-नुरीले पाएको पेनाल्टीमा गोल गर्दै १२औं मिनेटमा हालान्डले सिटीलाई सुरुवाती अग्रता […]

Success

Thank you for your time.