default_image

3 years ago

December 13, 2020

पुनरागमनले बढाएको विराजको आशा

काठमाडौं (हाम्रो खेलकुद) – विराज महर्जनले राष्ट्रिय टोलीबाट इतिहास बनाइसकेका छन् । अबको उनको एकमात्र चाहाना भनेको राष्ट्रिय टोलीबाट सम्मानजनक बिदाइ मात्रै हो । सम्भवतः विराजले नेपालले झन्डै ४ महिना पछि घरेलु मैदान दशरथ रंगशालमा खेल्ने विश्व कप छनोटमा आफ्नो चाहना पूरा गर्ने सम्भावना देखिएको छ । यद्दपी त्यसका लागि उनले ठूलो संघर्ष भने गर्न […]

20 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विराज महर्जनले राष्ट्रिय टोलीबाट इतिहास बनाइसकेका छन् । अबको उनको एकमात्र चाहाना भनेको राष्ट्रिय टोलीबाट सम्मानजनक बिदाइ मात्रै हो ।

सम्भवतः विराजले नेपालले झन्डै ४ महिना पछि घरेलु मैदान दशरथ रंगशालमा खेल्ने विश्व कप छनोटमा आफ्नो चाहना पूरा गर्ने सम्भावना देखिएको छ । यद्दपी त्यसका लागि उनले ठूलो संघर्ष भने गर्न बाँकी छ ।

त्यसका लागि उनले अन्तिम २३ मा पर्न कार्यवाहक प्रशिक्षक बालगोपालको नेतृत्वमा रहेको प्रशिक्षण टोलीलाई प्रभावित पार्नुपर्ने हुन्छ । अहिले ५८ खेलाडी बन्द प्रशिक्षणमा डाक्दा विराज पनि समेटिएकाले पनि उनलाई घरेलु दर्शकका सामू राष्ट्रिय टोलीबाट सन्यास लिने इच्छा पूरा हुनेछ ।

विराज उनै कप्तान हुन् जसको नेतृत्वमा नेपालले २०७२ मा बंगलादेशमा भएको बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो । त्यति मात्र होइन उनकै कप्तानीमा नेपाली यू २३ टोली १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्यो ।

सन् २००४ (नवौं साग) पछि यू २३ ले खेल्ने सागमा नेपालले स्वर्ण जितेको त्यो पहिलो पटक थियो । अर्को एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिता एएफसी सोलिडारिटी कप जित्दा उपकप्तान उनी थिए । त्यो उपाधि जित्दाका कप्तान भने अनिल गुरुङ थिए । अनिल अधिकांश समय बेन्चमा रहँदा मैदानमा बिराजले कप्तानी सम्हालेका थिए ।

एन्फा एकेडेमीका उत्पादन समेत रहेको विराज त्यस्ता रक्षक हुन् जसले उमेर समूहदेखि राष्ट्रिय टोलीमा दशक भन्दा लामो समय महत्वपूर्ण सदस्य रहे । त्यसअर्थ उनी टोलीको खम्बा थिए । तर, पछिल्लो एक वर्ष उनी टोली बाहिर रहे । सम्भवतः उनको खेल जीवनको कठीन समय त्यहि पछिल्लो वर्ष रह्यो । उनले पटक पटक आफू टोलीमा पर्न नसकेको दुःखेसो पोग्ने गरेका थिए । सँगै उनले अन्तिम पटक मौका पाउनेमा आशा पनि राख्न छाडेका थिएनन् ।

सायद त्यहि नहार्ने उनको व्यवहारले होला फेरि उनी एकपटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समेटिएका छन् । प्रशिक्षणको पहिलो दिन विराटले हाम्रो खेलकुदसँग भने, ‘एकदमै खुसी लागेको छ । योबीचमा धेरै खाले अनुभव गर्न पाए । तर अन्तत टोलीमा पुनरागमन गर्न पाउँदा एकदम खुसी छु ।’

विश्व कप छनोटमार्फत ५ वर्षपछि घरेलु मैदानमा खेल्ने अवसरको नजिक पुग्दा उत्साहित रहेको विराजले सुनाए । ‘होम र अवेमा फरक हुन्छ । अवेमा खेल्दा दबाब हुन्छ’, उनले भने, ‘लामो समयपछि खेल्ने अवसर आएको छ । होममा खेल्दा मनोबल उच्च हुनुका साथै रमाइलो र गर्व महसुस हुनेछ । त्यो अनुभव गर्न मौका हामीलाई फेरि आएको छ ।’

विराजले विश्वकप छनोटबाट सन्यासको चाहना पूरा हुन सक्ने संकेत पनि गरे । ‘मैले चाहेर मात्र त हुने हैन । व्यक्तिगत रुपमा मैले चाहने आफ्नो ठाँउमा छ’, उनले भने, ‘प्रशिक्षक र व्यवस्थापन को हातमा छ । टोलीमा पर्नु ठूलो हो । अब टाइम आको छ । एन्फासँग कुरा राखेको छु । भाईहरुलाई सुम्पेर अघि बढ्ने सोच छ ।’

विराजले खेल जीवनमा पहिलो पटक लामो समय टोली बाहिर रहन पर्दा दुःख लागेको प्रसंग कोट्याउँदै भने, ‘मैले यसअघि अघि यति लामो समय बाहिर बस्नु परेको थिएन । खास विवाद त थिएन । धेरै अनुभवका वावजुद फर्कन पाउँदा खुसी छु ।’

राष्ट्रिय टोलीबाट खेल्नु हरेक खेलाडीको जस्तै आफ्नो पनि इच्छा रहेको उल्लेख गर्दै भने, ‘देश, परिवार, साथीका लागि प्राउड फिल गराउ भन्ने मेरो पनि चाहना छ । गत वर्ष मच्छिन्द्र क्लबले सहिद स्मारक ए डिभिजन लिग जित्दा विराज टोलीको कप्तान थिए । सामूहिक प्रयासबाट लिग जितायौं । त्यसपछि टोलीमा पर्छु भन्ने आशा थियो । तर पर्न सकिन’, उनले पुरानो दिन सम्झदै भने, ‘टोलीमा नबोलाउदा पीडा भयो । त्यसमा एग्रेसिब हुन पनि नमिल्ने । यस्तो कहिल्यै भोगेको थिएन । धेरै पीडा भएको थियो ।’

प्रदर्शन खस्केकै कारण टोलीमा पर्न नसकेको भन्ने भनाईमा कति सहमत हुनुहुन्छ भन्नेमा विराजको जवाफ थियो, ‘प्रदर्शन खस्केको पनि हुन सक्छ । त्यो प्रशिक्षक र दर्शकले बढी बुझ्न सक्नुहुन्छ । खेलाडीले आफ्नो तर्फबाट मेहनत गर्ने हो । तर, उमेरको असर भने पर्छ । यो टिम गेम हो । फिजिकल र मेन्टल अवस्थाले पनि धेरै फरक पर्छ । एज फ्याक्टरले असर पर्छ । म १८-१९ वर्षको हुँदा भन्दा अहिले ३० वर्ष काटेपछि पक्कै खेल्ने शैली परिवर्तन हुन्छ । नयाँ सँग प्रतिस्पर्धा गर्न केहि गाह्रो हुन्छ । हुन सक्छ सायद ममा पनि कमजोरी थियो होला ।’

विराजले आफ्नो प्रदर्शनमा कमी आएकोलाई पनि अस्वीकार भने गरेनन्, ‘केहि कमी आएको हुन सक्छ । उमेरका कारणले । क्लब वा राष्ट्रिय टोलीमा नभएपनि हामी अलि कम मेहनत गर्ने भएर हो कि ? तर मैले व्यक्तिगत रुपमा आफूलाई फिट गर्ने प्रयास भने गरेको थिए ।’

विराज मानसिक रुपमा पनि अब खेलको उत्तराद्ध तिर रहेको स्वीकार गरिसकेका छन् । उनले पछिल्लो एक वर्षमा सबैभन्दा बढी अखिल नेपाल फुटबल संघ (एन्फा)ले सुखद विदाईको वातावरण मिलाइदियोस् भन्ने आशा राखेका थिए । सम्भवतः उनको आशा चैतमा हुने विश्वकप छनोटमा पूरा हुन सक्नेछ ।

यो पनि : फुटबल टोलीको प्रशिक्षण सुरु

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.