default_image

3 years ago

December 14, 2020

बार्सिलोना र पिएसजी अन्तिम १६ मा भिड्ने

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सम्पन्न भएको छ । यसपटक प्रि-क्वाटरफाइनलमा क्याटलान क्लब बार्सिलोनाले पिएसजीको सामना गर्ने भएको छ । स्पेनिस च्याम्पियन रियल म्याड्रिड र इटालियन टोली एटलान्टाले क्वाटरफाइनलमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियन्स लिगको साविक विजेता बायर्न म्युनिखले इटालियन टोली लाजियोको सामना गर्नेछ । बायर्न र लाजियो दुवै समूह चरणमा अपराजित रहेका थिए । इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकको सामना गर्नेछ । सिटीले पछिल्लो ६ सिजनमा ५ […]

58 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सम्पन्न भएको छ । यसपटक प्रि-क्वाटरफाइनलमा क्याटलान क्लब बार्सिलोनाले पिएसजीको सामना गर्ने भएको छ ।

स्पेनिस च्याम्पियन रियल म्याड्रिड र इटालियन टोली एटलान्टाले क्वाटरफाइनलमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियन्स लिगको साविक विजेता बायर्न म्युनिखले इटालियन टोली लाजियोको सामना गर्नेछ । बायर्न र लाजियो दुवै समूह चरणमा अपराजित रहेका थिए ।

इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकको सामना गर्नेछ । सिटीले पछिल्लो ६ सिजनमा ५ पटक क्वाटरफाइनल यात्रा तय गरेको छ ।

प्रिमियर लिगको च्याम्पियन लिभरपुलले गत सिजन सेमिफाइनल पुगेको आरबी लाइप्जिगसँग खेल्नेछ । फ्रान्क लाम्पार्डको प्रशिक्षणमा रहेको चेल्सीले ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडको सामना गर्नेछ । फरवार्ड डिएगो कोस्टाले आफ्नो पूर्व टोलीविरुद्ध खेल्नेछन् ।

जर्मन क्लब बोरुसिया डर्टमुन्डले युरोपा लिगको साविक विजेता सेभियासँग खेल्नेछ । इटालियन च्याम्पियन युभेन्टसले पोर्चुगीज क्लब एफसी पोर्टाेसँग खेल्नेछ । दुई पटकको विजेया युभेन्टसले क्रिस्टियानो रोनाल्डोको आक्रमणमा यसपटक उपाधि जित्ने लक्ष्य राखेको छ ।

प्रि-क्वाटरफाइनल खेलहरु फेब्रुअरी तेस्रो सातादेखि सुरु हुनेछ ।

यो पनि : नेयमारले स्ट्रेचरमा रुँदै मैदान छाडे

May 2, 2024

पिएसजी विरुद्ध पहिलो लेगमा डर्टमुण्डलाई अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमीफाइनल अन्तर्गत पहिलो लेगको समाप्तिमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता बनाएको छ । घरेलु मैदानमा भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मान माथि १-० को जित दर्ता गरेको हो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा एकमात्र गोल गरे । डिफेन्स लाइन बार निको श्लोटरबेकले […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.