default_image

3 years ago

December 15, 2020

पिएसजीलाई रोक्नेमा बार्सिलोना विश्वस्त

एजेन्सी – च्याम्पियन्स लिगको नकआउट चरणको खेल तालिका सार्वजनिक हुँदा सबैको चासो पेरिस सेन्ट जर्मेन (पिएसजी) र बार्सिलोनाको भेटमा रह्यो । जुन स्वभाविक पनि हो । बार्सिलोनामा सुपरस्टार लिओनल मेस्सी छन् । अर्कोतर्फ पिएसजीमा बार्सिलोनामा मेस्सीसँगै चार वर्षसँगै खेलेका नेयमार र अर्का युवा स्टार केलियन एमबाप्पे छन् । पिएसजी र आफ्नो टोलीको भेटलाई भने बार्सिलोनाका […]

47 views

0 Bookmark

एजेन्सी – च्याम्पियन्स लिगको नकआउट चरणको खेल तालिका सार्वजनिक हुँदा सबैको चासो पेरिस सेन्ट जर्मेन (पिएसजी) र बार्सिलोनाको भेटमा रह्यो ।

जुन स्वभाविक पनि हो । बार्सिलोनामा सुपरस्टार लिओनल मेस्सी छन् । अर्कोतर्फ पिएसजीमा बार्सिलोनामा मेस्सीसँगै चार वर्षसँगै खेलेका नेयमार र अर्का युवा स्टार केलियन एमबाप्पे छन् । पिएसजी र आफ्नो टोलीको भेटलाई भने बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले स्वभाविक रुपमा लिएका छन् ।

बार्सिलोनाका लागि गत सिजन निराशजनक रह्यो । क्वार्टरफाइनलमा टोली बायर्न म्युनिखसँग ८–२ ले पराजित भएको थियो । तर, बायर्नकै जस्तो फ्रान्सेली टोलीसँग भने डराउनुपर्ने अवस्था नरहेको कोम्यानले पनि बुझेकै हुनुपर्दछ ।

थोमस टुचेलको रणनीति भन्दा पनि नेयमार र एमबाप्पलेको अहिलेको फर्मले टोलीले सन्तोषजक प्रदर्शन गरिरहेको छ । यद्दपी टोलीको प्रदर्शनमा उतारचढाव पनि आएको छ । घरेलु मैदानमा च्याम्पियन्स लिग खेलमा म्यानचेष्टर युनाइटेडसँग पराजित भएको थियो । यद्दपी टोलीले युनाइटेडलाई उसकै मैदानमा पुगेर ३–१ को जित निकालेको थियो ।

‘बलियो प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्नुपर्ने छ भन्ने हामीलाई थाहा छ । त्यसैले यो स्वभाविक हो, ‘कोम्यानले भने, ‘पिएसजीले हामीलाई विगतमा पनि निराश पारेको छ । तर अहिले परिस्थिति फरक छ । हामी पनि बलियो टोली हौं ।’

कोम्यानले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षासहित अघि बढ्ने विश्वास व्यक्त गरे । ‘प्रतिस्पर्धा निकटको हुनेछ । उनीहरुले पनि च्याम्पियन्स लिगसहित सबै उपाधिमा दाबेदार प्रस्तुत गर्न ठूलो धनराशी लगानी गरेका छन्,’ उनले थपे, ‘गत सिजन उनीहरु फाइनल सम्म पुगेका थिए । फेरि पनि उनीहरु त्यसका लागि प्रयास गर्नेछन् । तर, हामी अघि बढ्न चाहन्छौं ।’

कोम्यानले फेब्रुअरीमा च्याम्पियन्स लिग खेल्दा अहिलेको भन्दा फरक अवस्था रहने उल्लेख गर्दै भने, ‘हामी अहिले लिगमा केन्द्रीत छौं । जति बेला पिएसजी आइपुग्नेछ । आशा गरौं हाम्रा चोटग्रस्त केहि खेलाडी ठीक हुनेछन् ।’

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.