default_image

3 years ago

December 15, 2020

वल्भ्स र चेल्सी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न दुई खेलमा प्रतिस्पर्धा हुदैछ । वल्भ्सले घरेलु मैदानमा चेल्सीको आतिथ्यता गर्दा म्यानचेस्टर सिटीले वेस्ट ब्रुमसँग प्रतिस्पर्धा गर्दैछ । वल्भ्स र चेल्सीबीचको खेल राति ११ः४५ बजे हुनेछ । वल्भ्सलाई पराजित गर्न सके चेल्सी कम्तीमा पनि एक दिनको लागि शीर्षस्थानमा उक्लनेछ । अघिल्लो खेलमा एभर्टनसँग बेहोरेको हारलाई बिर्सदै चेल्सी […]

46 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न दुई खेलमा प्रतिस्पर्धा हुदैछ । वल्भ्सले घरेलु मैदानमा चेल्सीको आतिथ्यता गर्दा म्यानचेस्टर सिटीले वेस्ट ब्रुमसँग प्रतिस्पर्धा गर्दैछ ।

वल्भ्स र चेल्सीबीचको खेल राति ११ः४५ बजे हुनेछ । वल्भ्सलाई पराजित गर्न सके चेल्सी कम्तीमा पनि एक दिनको लागि शीर्षस्थानमा उक्लनेछ । अघिल्लो खेलमा एभर्टनसँग बेहोरेको हारलाई बिर्सदै चेल्सी वल्भ्सविरुद्ध मैदान उत्रनेछ ।

चेल्सीसँग टिमो वेर्नर, काई हार्भटज, ट्याम्मी अब्राहम, एङ्गोलो कान्टे, मासन माउन्ट, माटियो कोभासिस, बेन चिलवेल, कोर्ट जोउमा, थियागो सिल्भा, रिस जेम्स र गोलरक्षक इडुआर्ड मेन्डी रहेका छन् । तर पछिल्लो समय टिमो वेर्नर फर्ममा नरहँदा चेल्सीलाई टाउको दुखाई बनेको छ । यस्तै टोलीसँग ओलिभर जिरुउड र बिल्ली गिल्मार पनि रहेको छ ।

यता, वल्भ्स पनि घरेलु मैदानमा चेल्सीलाई स्तब्ध पार्दै अंक तालिकामा सुधार गर्ने दाउमा हुनेछ । चेल्सीलाई हराउन सके १७ अंक जोडेर १३औं स्थानमा रहेको वल्भ्स १०औं स्थानमा उक्लन सक्नेछ ।

वल्भ्ससँग फावियो सिल्भा, पेड्रो नेटो, ड्यानियल पोडेन्स, एडमा ट्राओरे, रुवेन नेभेस, नेल्सन सेमेडो, कोनोर कोओडे, फर्नान्डो मार्कल र गोलरक्षक रुई प्याट्रिसियो रहेका छन् ।

यि दुई टोलीबीचको १० खेलको नतिजालाई हेर्दा चेल्सी ७ खेलमा विजयी भएको छ । वल्भ्सले दुई खेल आफ्नो पक्षमा पार्दा एक खेल बराबरीमा सकिएको छ । चेल्सी पछिल्लो तीन खेलमा वल्भ्ससँग अपराजित छ ।

यस्तै प्रिमियर लिगकै अर्काे खेलमा म्यानचेस्टर सिटीले वेस्ट ब्रुमसँग राति १ः४५ बजे प्रतिस्पर्धा गर्दैछ । वेस्ट ब्रुममाथि सहज जित निकाल्दै सिटी अंक तालिका सुधार गर्दै अघि बढ्ने दाउमा हुनेछ । सिटी ११ खेलबाट १९ अंक जोडेर नवौं स्थानमा रहेको छ । वेस्ट ब्रुम ६ अंक जोडेर रेलिगेसन जोनको १९औं स्थानमा छ ।

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आईतवार साँझ भएको खेलमा चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि […]

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

Success

Thank you for your time.