default_image

3 years ago

December 15, 2020

रियल म्याड्रिडलाई बिल्बाओको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा आज राति एक खेलमा मात्र प्रतिस्पर्धा हुदा रियल म्याड्रिडले घरेलु मैदानमा एथलेटिक बिल्बाओसँग प्रतिस्पर्धा गर्दैछ । खेल राति २ः४५ बजे रियलको घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा हुनेछ । घरेलु मैदानमा बिल्बाओलाई हराउदै रियल शीर्षस्थानको रियल सोसिडाड र एथलेटिको म्याड्रिडसँगको अंक बराबरी गर्ने लक्ष्यमा हुनेछ । रियलको १२ खेलबाट २३ अंक […]

28 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा आज राति एक खेलमा मात्र प्रतिस्पर्धा हुदा रियल म्याड्रिडले घरेलु मैदानमा एथलेटिक बिल्बाओसँग प्रतिस्पर्धा गर्दैछ । खेल राति २ः४५ बजे रियलको घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा हुनेछ ।

घरेलु मैदानमा बिल्बाओलाई हराउदै रियल शीर्षस्थानको रियल सोसिडाड र एथलेटिको म्याड्रिडसँगको अंक बराबरी गर्ने लक्ष्यमा हुनेछ । रियलको १२ खेलबाट २३ अंक रहेको छ । १३ खेलबाट रियल सोसिडाडको २६ तथा ११ खेलबाट एट्लेटिको म्याड्रिडको २६ अंक छ ।

टोलीसँग करिम बेन्जेमा, भिनिसियस जुनियर, रोड्रिगो गोएस, लुकास भास्क्वेज, मार्काे एसेन्सियो, टोनी क्रुस, क्यासमिरो, लुका मोड्रिच, कप्तान सर्जियो रामोस, राफयल भरान, फर्लान्ड मेन्डी, ड्यानी कार्भाहल र गोलरक्षक थिवाउट कोर्टुवाको साथ छ । फेडरिको भाल्भेर्डे, इडर मिलिटाओ, मार्सेलो, इस्को, अल्भारो ओर्डिजोला र नाचो फर्नान्डेस पनि टोलीसँग रहेको छ ।

यता, बिल्बाओ पनि रियाललाई स्तब्ध पार्दै नवौं स्थानमा उक्लने दाउमा रहनेछ । बिल्बाओको १२ खेलबाट १४ अंक रहेको छ । बिल्बाओसँग राहुल गार्सिया, इनाकी विलियम्स, इकर मुनिएन, ड्यानी गार्सिया, युनाई लोपेज, युनाई नुनेज, एन्डर कापा र गोलरक्षक युनाई सिमोन रहेको छ ।

रियल बिल्बाओसँग पछिल्लो १० खेलमा अपराजित छ । जसमा ६ जित र ४ बराबरीको नतिजा छ । रियल ७ मार्च २०१५ मा बिल्वाओसँग १–० ले पराजित भएयता अपराजित छ । रियल सोही अपराजित यात्रालाई निरन्तरता दिने दाउमा रहँदा बिल्बाओ रियलसँगको हारको श्रृंखला तोड्ने लक्ष्यमा हुनेछ ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.