default_image

3 years ago

December 15, 2020

हालान्ड भन्छन्-‘ म डर्टमुण्डमै खुसी छु’

एजेन्सी– इर्लिङ हालान्डले आफू बोरुसिया डर्टमुण्डमै खुसी रहेको बताएका छन् । नयाँ क्लबमा जान सक्ने चर्चाका बीच नर्वेजियन युवा फरवार्डको यस्तो भनाई सार्वजनिक भएको छ । पछिल्लो पटक युभेन्ट्सले हालान्डलाई भित्राउनका लागि प्रयास गरिरहेको इटालियन सञ्चारमाध्यमहरुले उल्लेख गरेका थिए । ‘चर्चा विभिन्न भइरहेका छन् । तर मैले आफूले कहिल्यै भनेको छैन,’ विभिन्न चर्चाकाबीच सोधिएको प्रश्नको […]

30 views

0 Bookmark

एजेन्सी– इर्लिङ हालान्डले आफू बोरुसिया डर्टमुण्डमै खुसी रहेको बताएका छन् । नयाँ क्लबमा जान सक्ने चर्चाका बीच नर्वेजियन युवा फरवार्डको यस्तो भनाई सार्वजनिक भएको छ ।

पछिल्लो पटक युभेन्ट्सले हालान्डलाई भित्राउनका लागि प्रयास गरिरहेको इटालियन सञ्चारमाध्यमहरुले उल्लेख गरेका थिए । ‘चर्चा विभिन्न भइरहेका छन् । तर मैले आफूले कहिल्यै भनेको छैन,’ विभिन्न चर्चाकाबीच सोधिएको प्रश्नको जवाफमा हालान्डले भने,’ म वर्ष दिन देखि बारुसिया डर्टमण्डमा छु । म यहाँ ठीक छु , खुसी छु ।’

हालान्डका एजेन्ट मिनो रायोला भएका कारणले मात्र पनि होइन, तर ठूलो रकममा उनी अर्को क्लब जान सक्ने भन्ने विषयमा पटक पटक चर्चा हुने गरेका छन् । ‘मिनोले मलाई निकै सहयोग गरेका छन्,’ उनले भने, ‘उनी विश्वकै उत्कृष्ट एजेन्ट हुन् । म आफ्नो खेल जीवनमा उनीसँग अघि बढ्न चाहन्छु ।’

टुटो स्पोर्टस्ले यू २१ का खेलाडीलाई दिने गोल्डेन ब्वाइ अवार्ड ग्रहण गरेपछि हालान्डले भने, ‘यो ठूलो अवार्ड हो । मलाई यसमा गर्व छ । यसले अझै आउने दिनमा राम्रो गर्न मनोबल उच्च बनाउनेछ । ‘

अर्को अवार्ड भने फिफा वेस्टको अन्तिम ३ मा रहेका बायर्न म्युखिनका रोबेर्टो लेवान्डोस्कीले जिते । ‘उनी विश्वका उत्कृष्ट खेलाडी मध्ये एक हुन्,’ हालान्डले लेवान्डोस्कीका बारेमा भने,’ म उनलाई हेरिरहेको हुन्छ । म पनि उनले जस्तै उपाधि जित्न र गोल गर्न चाहन्छु ।’

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.