default_image

3 years ago

December 16, 2020

बार्सिलोनालाई शीर्षस्थानको सोसिडाडको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा आज राति क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा शीर्षस्थानमा रहेको रियल सोसिडाडको आतिथ्यता गर्दैछ । खेल नोउक्याम्पमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । शीर्षस्थानमा रहेको सोसिडाडलाई हराउँदै बार्सिलोना अंक तालिका सुधार गर्ने दाँउमा हुनेछ । यो सिजन मध्यमको प्रदर्शन गरिरहेको बार्सिलोनाले ११ खेलबाट १७ अंक जोडेको छ । तालिकाको आठौं […]

35 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा आज राति क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा शीर्षस्थानमा रहेको रियल सोसिडाडको आतिथ्यता गर्दैछ ।

खेल नोउक्याम्पमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । शीर्षस्थानमा रहेको सोसिडाडलाई हराउँदै बार्सिलोना अंक तालिका सुधार गर्ने दाँउमा हुनेछ । यो सिजन मध्यमको प्रदर्शन गरिरहेको बार्सिलोनाले ११ खेलबाट १७ अंक जोडेको छ । तालिकाको आठौं स्थानमा रहेको छ ।

सिडाडलाई हराउन सके बार्सिलोना पाँचौ स्थानमा उक्लनेछ । पराजित भएको अवस्थामा आठौं स्थानमा यथावत रहँदा बराबरीले बार्सिलोना छैटौ स्थानमा चढ्नेछ ।

टोलीसँग कप्तान लियोनेल मेस्सी, फिलिपे कौटिन्हो, एन्टोइन ग्रिजमन, फ्रान्की डि जोङ, सर्जियो बुस्क्वेट्स, पेड्री, जोर्डी अल्वा, क्लमेन्ट लेङ्लेट, रोनाल्ड एराउजो, सर्जिन्हो डेस्ट र गोलरक्षक मार्क आन्दर टेर स्टेगनको साथ रहेको छ ।

यस्तै टोलीसँग मार्टिन ब्रेथवेट, ट्रिन्काओ, स्यामुइल उम्टिटी र जुनियर फिर्पाेको साथ रहेको छ । बार्सिलोनाले भने यो सिजन ११ खेलमा २१ गोल गर्दा ११ गोल खाएको छ । जसमा ५ जित, २ बराबरी र ४ हारको नतिजा छ ।

यता, शीर्षस्थानमा रहेको रियल सोसिडाड पनि बार्सिलोनालाई स्तब्ध पार्दै शीर्षता फराकिलो पार्ने लक्ष्यमा हुनेछ । बार्सिलोनामाथि जित पाए सोसिडाडले दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिड र तेस्रो स्थानमा रहेको रियाल म्याड्रिडलाई ३ अंकले पछि पार्ने छ । बराबरीले एक अंकले पछि पार्नेछ ।

सोसिडाडले यो सिजन १३ खेल खेल्दा २३ गोल गरेर मात्रै ७ गोल खाएको छ । जसमा ७ जित, ५ बराबरी र एक हारको नतिजा छ । टोलीसँग विलियन जोस, क्रिस्टियन पोर्टु, एडनान जानुजाज, डेभिड सिल्भा, मिकेल मेरिनो, नाचो मोनरियल र गोलरक्षक एलेक्स रेमिरोको साथ रहेको छ ।

यि दुई टोलीको पछिल्लो २४ खेलको नतिजालाई हेदौ बार्सिलोनाले १५ खेल आफ्नो पक्षमा पारेको छ । ५ खेल रियल सोसिडाडले जित्दा ४ खेल बराबरीमा सकिएको छ । गत सिजनको दुई खेलमा बार्सिलोनाले एक खेल आफ्नो पक्षमा पार्दा अर्काे खेल २–२ गोलको बराबरीमा सकिएको छ ।

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.