default_image

3 years ago

December 17, 2020

पीएसजीको सहज जित

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले १० खेलाडीमा समेटिएको लोरिएन्टमाथि सहज जित हात पारेको छ । दोस्रो हाफमा केलियन एमबाप्पे र मोइस किनले गोल गरेपछि पीएसजीले लोरिएन्टलाई २–० ले पराजित गरेको हो । घरेलु मैदानमा बल पोजेसनमा बलियो पकड बनाएपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ४९औं मिनेटमा केलियन […]

46 views

0 Bookmark

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले १० खेलाडीमा समेटिएको लोरिएन्टमाथि सहज जित हात पारेको छ ।

दोस्रो हाफमा केलियन एमबाप्पे र मोइस किनले गोल गरेपछि पीएसजीले लोरिएन्टलाई २–० ले पराजित गरेको हो । घरेलु मैदानमा बल पोजेसनमा बलियो पकड बनाएपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।

४९औं मिनेटमा केलियन एमाबाप्पेलाई फल गरेपछि एन्ड्रिउ ग्राभिलियनले पेनाल्टी बक्समा सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिदा पीएसजीले पेनाल्टी पाएको थियो । जसमा एमबाप्पे आफैले गोल गर्दै पीएसजीलाई १–० को अग्रता दिलाए ।

५३औं मिनेटमा एमबाप्पेले सुवर्ण अवसर खेर फाल्दा पीएसजी अग्रता दोब्बर पार्नबाट चुक्यो ।५७औं मिनेटमा लोरिएन्टका गोलरक्षक नार्डीले राफिन्हा र फ्लोरेन्जीको दोहोरो बचाउ गर्दै थप गोल टारे । ६०औं मिनेटमा राफिन्हाको पासमा मोइस किनले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।

६४औं मिनेटमा पीएसजीका गोलरक्षक सर्जियो रिकोले योआने विसाको प्रहारलाई बचाउदा लोरिएन्टले गोलअन्तर घटाउन सकेन । त्यसपछि पनि दुवै टोलीले गोलका केही प्रयास गरेपनि थप गोल निस्कन नसक्दा पीएसजी विजयी हुन सफल भयो ।

यो जितसँगै पीएसजी १५ खेलबाट ३१ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । शीर्षस्थानको लिलको ३२ अंक छ । पराजित लोरिएन्ट ११ अंक जोडेर १८औं स्थानमा छ ।

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

April 30, 2024

गोदावरी मेयर कपमा कीर्तिपुरको सानदार जित

ललितपुर (हाम्रो खेलकुद) – कीर्तिपुर नगरपालिका गोदावरी अन्तरपालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालाको मंगलबार भएको खेलमा तारकेश्वर नगरपालिकालाई ५–० ले हराउँदै कीर्तिपुरले अन्तिम आठमा स्थान बनाएको हो । कीर्तिपुरका लागि यमन मर्हजनले ह्याट्रिक गरे भने थप २ गोल इन्द्र बहादुर बस्नेतको नाममा […]

April 30, 2024

बेलबारी आदर्श च्यालेन्ज कप सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड बेलबारी एफसी मोरङले तेस्रो बुधबारेमा जारी आदर्श च्यालेन्ज कपमा इलामको रेडहर्स एफसीलाई सहज रुपमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । अन्तिम क्वार्टरफाइनल मंगलबार इलामलाई बेलबारी एफसीले २–० ले पराजित गर्दै सेमिफाइनलमा बिर्तामोड युुनाइटेडसँगको भेट पक्का गरेको छ । बेलबारीको जितसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । खेलको १४औं मिनेटमा विवेक पौडेलको क्रसपासमा […]

Success

Thank you for your time.