default_image

3 years ago

December 17, 2020

एमबाप्पेको नयाँ रुप

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्टार केलियन एमबाप्पे बुधबारको लिग वानमा नयाँ रुपमा देखिदा धेरैको ध्यान तान्न सफल भएका थिए । घरेलु फुटबलमा कमजोर फर्ममा गुज्रिरहेका एमबाप्पे केहि दबाबमा पक्कै छन् । फुटबल बाहेकका कारणले पनि यसपटक एमबाप्पेले चर्चा बटुले । उनले आफ्नो कपाललाई निलो रंगले रंगाएका छन् । निलो उनको राष्ट्रिय […]

43 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्टार केलियन एमबाप्पे बुधबारको लिग वानमा नयाँ रुपमा देखिदा धेरैको ध्यान तान्न सफल भएका थिए । घरेलु फुटबलमा कमजोर फर्ममा गुज्रिरहेका एमबाप्पे केहि दबाबमा पक्कै छन् ।

फुटबल बाहेकका कारणले पनि यसपटक एमबाप्पेले चर्चा बटुले । उनले आफ्नो कपाललाई निलो रंगले रंगाएका छन् । निलो उनको राष्ट्रिय टोली फ्रान्स र पिएसजी दुवैले प्रयोग गर्ने रंग हो । पछिल्लो समय एमबाप्पेले मैदानबाहिर व्यक्तिगत पक्षमा पनि चर्चा पाएपछि यसको कारण नेयमारको संगतसँग जोड्न थालिएको छ ।

चोटका कारण नेयमारको अनुपस्थितिमा लोरिएन्टविरुद्धको खेलमा उनले मोइस किनसँग टोलीको अग्रपक्तिको मोर्चा सम्हालेका थिए । जहाँ टोलीलाई जित दिलाउन उनी सफल रहे । लोरिएन्टलाई पिएसजीले २–० ले हराउँदा एमबाप्पे एक गोल गर्न सफल भएका थिए । अर्को गोल किनले गरे ।

दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । ४९ औं मिनेटमा पेनाल्टी बक्समा एमबाप्पेलाई फाउल हनेपछि एन्ड्रिउ ग्राभिलियनले रातो कार्डको सामना गर्ने परेको थियो । प्राप्त पेनाल्टीलाई एमबाप्पेले गोलमा परिणत गरेका थिए ।

६० औं मिनेटमा किनले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर पारे । राफिन्हाको पासमा किनले गोल गरेका थिए । जितपछि पिएसजी १५ खेलमा ३१ अंकका साथ दोस्रो स्थानमा यथावत छ । शीर्षस्थानको लिलको ३२ अंक छ । ११ अंक मात्र रहेको लोरिएन्ट १८ औं स्थानमा छ ।

April 30, 2024

बेलबारी आदर्श च्यालेन्ज कप सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड बेलबारी एफसी मोरङले तेस्रो बुधबारेमा जारी आदर्श च्यालेन्ज कपमा इलामको रेडहर्स एफसीलाई सहज रुपमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । अन्तिम क्वार्टरफाइनल मंगलबार इलामलाई बेलबारी एफसीले २–० ले पराजित गर्दै सेमिफाइनलमा बिर्तामोड युुनाइटेडसँगको भेट पक्का गरेको छ । बेलबारीको जितसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । खेलको १४औं मिनेटमा विवेक पौडेलको क्रसपासमा […]

April 30, 2024

स्वीकृति नलिएका १५ जनालाई इङ्ल्यान्ड जान रोकिने

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणका लागि राष्ट्रिय फुटबल टोलीको भिसा नआएको विषयमा युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग जानकारी लिएका छन् । त्यस्तै मन्त्री श्रेष्ठले स्वीकृती नलिएका १५ पदाधिकारी अहिले इङ्ल्यान्ड बेलायत जान नपाउने पनि बताएका छन् । इङ्ल्यान्ड सीसँग दुई मैत्रिपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली […]

April 30, 2024

एन्फाको यूके भ्रमण : टोली बाहिरका २० जना आफ्नै खर्चमा जाने तयारी

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को साता बेलायतमा (यूके) मा हुने मैत्रीपूर्ण खेलका लागि २३ खेलाडी र ७ टिम अफिसियलसँगै अन्य ५ भीआइपी र १५ जनाको लागि भिसा प्रक्रियाका लागि अनुरोध गरेको तथ्य आएको छ । एन्फाले टोलीमा रहेका ३० जनाबाहेक अन्य २० जनाको भने खर्च नबेहोर्ने जनाएको छ । आफ्नै […]

Success

Thank you for your time.