default_image

3 years ago

January 8, 2021

रुनीका छोरा म्यानचेस्टर युनाइटेडमा

एजेन्सी – म्यानचेष्टर युनाइटेडका पूर्व कप्तान वायन रुनीका छोराले बाबुकै बाटो पछ्याएका छन् । रुनीका छोरा काइ युनाइटेडको एकेडेमीमा आबद्ध भएका छन् । रुनीले केहि साताअघि श्रीमती कोलिनसहित सामाजिक सञ्जालमा छोराले सम्झौता गर्दै गरेको तस्बिर सार्वजनिक गरेका थिए । रुनीले इष्टाग्राममा लेखेका छन्, ‘गर्विलो दिन । काइले म्यानचेष्टर युनाइटेडमा सम्झौत गरेका छन् । मिहनत गर्दै […]

47 views

0 Bookmark

एजेन्सी – म्यानचेष्टर युनाइटेडका पूर्व कप्तान वायन रुनीका छोराले बाबुकै बाटो पछ्याएका छन् । रुनीका छोरा काइ युनाइटेडको एकेडेमीमा आबद्ध भएका छन् ।

रुनीले केहि साताअघि श्रीमती कोलिनसहित सामाजिक सञ्जालमा छोराले सम्झौता गर्दै गरेको तस्बिर सार्वजनिक गरेका थिए । रुनीले इष्टाग्राममा लेखेका छन्, ‘गर्विलो दिन । काइले म्यानचेष्टर युनाइटेडमा सम्झौत गरेका छन् । मिहनत गर्दै जाउ छोरा ।’

काइकी आमाले पनि सामाजिक सञ्जालमार्फत छोरालाई शुभकामना दिएकी छिन् । ‘विशेष रात । बधाई छ काइ’, कोलिन रुनीले लेखेकी छिन्,’ म तिमीलाई माया गर्छु । मलाई गर्व छ । आफ्नोतर्फबाट राम्रो गर्ने प्रयास गर ।’

रुनी जोडीका ४ सन्तानमध्ये काइ जेठा हुन् । युनाइटेडमा पक्कै पनि उनले आफ्नो बाबुको कदम पछ्याउन प्रयास गर्ने आशा गर्न सकिन्छ । इंग्ल्यान्डका पूर्व कप्तान समेत रहेका रुनी युनाइटेडका महान खेलाडी मध्येका हुन् । ५ सय ५९ खेल खेल्ने क्रममा रुनीले २ सय ५३ गोल गरेका थिए ।

रुनी हाल इंग्लिस लिगको दोस्रो श्रेणीमा रहेको डर्बी काउन्टिमा कार्यवाहक प्रशिक्षक रहेका छन् । उनी क्लबका खेलाडी समेत हुन् । उनले जारी सिजन १० खेलमा १ गोल गरेका छन् ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.