default_image

3 years ago

December 19, 2020

सुआरेजको दुई गोलमा एट्लेटिको विजयी

46 views

0 Bookmark

एजेन्सी – उरुग्वेली फरवार्ड लुइस सुआरेजको दुई गोल सहयोगमा शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा इल्चेलाई ३–१ ले पराजित गरेको छ ।

घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा शनिबार राति भएको खेलमा सुआरेजले पहिलो र दोस्रो हाफमा समान एक–एक गोल गर्दा डिएगो कोस्टाले एक गोल थपे । इल्चेका लुकास बोएले सात्वना गोल फर्काए ।

घरेलु मैदानमा एट्लेटिकोको बल पोसेसनमा पकड बनाएपनि गोलको लागि खेलको ४१औं मिनेट नै कुर्नुपरेको थियो । काइरान ट्रिपिएरको पासमा सुआरेजले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए ।

५८औं मिनेटमा सुआरेजले यान्निक कारास्कोको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिको म्याड्रिडको अग्रता दोब्बर पारे । ६४औं मिनेटमा लुकास बोएले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ८०औं मिनेटमा सब्सिच्युट डिएगो कोस्टाले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए ।

मार्काेनले पेनाल्टीबक्समा कोस्टामाथि नै फल गरेपछि प्राप्त पेनाल्टीमा कोस्टा आफैंले गोल गरेका थिए । उनी ७३औं मिनेटमा जोआओ फेलिक्सको स्थानमा मैदान छिरेका थिए । त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा एट्लेटिको ३–१ ले विजयी हुन सफल भयो ।

यो जितसँगै शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले शीर्षस्थानमा ३ अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको रियल सोसिडाडको २६ अंकले एट्लेटिकोले १२ तथा रियल सोसिडाडले १४ खेल खेलेको छ । तेस्रो स्थानको रियाल म्याड्रिडको २६ अंक छ । इल्चे १४ अंकसहित १५औं स्थानमा छ ।

May 6, 2024

सहाराले उत्कृष्ट क्लबको अवार्ड पाउने

पोखरा (हाम्रो खेलकुद) – सहारा क्लब पोखराले उत्कृष्ट खेलकुद संघ संस्था वा क्लबतर्फको अवार्ड पाउने भएको छ । नेपाल खेलकुद पत्रकार मन्च गण्डकीले आठौं पोखरा स्पोर्टस अवार्ड २०८० मा सहारालाई अवार्ड दिने निर्णय गरेको बताइएको छ । अवार्ड शुक्रबार हुँदैछ । अवार्डको छैटौं सस्करणसम्म यो विधामा खेल संघलाई मात्र प्रदान गरिदै आएकोमा सातौँ संस्करणबाट खेल […]

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

Success

Thank you for your time.