default_image

3 years ago

December 20, 2020

रोनाल्डोको दुई गोलमा युभेन्टसको सानदार जित

एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोल सहयोगमा युभेन्टसले इटालियन सिरी ‘ए’ मा पार्मामाथि सानदार जित हात पारेको छ । युभेन्टसले घरेलु टोली पार्मालाई ४–० ले हराएको हो । पार्मामा शनिबार राति भएको खेलमा युभेन्टसको सहज जितमा रोनाल्डोको दुई गोलसँगै डिजान कुलुसेभ्स्की र अल्भारो मोराटाले गाल थपे । पहिलो र दोस्रो हाफमा समान […]

36 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोल सहयोगमा युभेन्टसले इटालियन सिरी ‘ए’ मा पार्मामाथि सानदार जित हात पारेको छ ।

युभेन्टसले घरेलु टोली पार्मालाई ४–० ले हराएको हो । पार्मामा शनिबार राति भएको खेलमा युभेन्टसको सहज जितमा रोनाल्डोको दुई गोलसँगै डिजान कुलुसेभ्स्की र अल्भारो मोराटाले गाल थपे । पहिलो र दोस्रो हाफमा समान दुई गोल भएको थियो ।

खेलको २३औं मिनेटमा एलेक्स सान्द्रोको पासमा डिजान कुलुसेभ्स्कीको गोलबाट युभेन्टसले अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि नै २६औं मिनेटमा अल्भारो मोराटाको पासमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

दोस्रो हाफको शुरुमै ४८औं मिनेटमा रोनाल्डोले आरोन राम्सीको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई ३–० ले अघि बढाए । खेल सकिन ४ मिनेटमा बाँकी रहँदा फेडरिको बर्नरडेस्चीको पासमा मोराटाले गोल गर्दै युभेन्टसलाई ४–० को फराकिलो जित दिलाए ।

पार्माले कुनै पनि समय युभेन्टसको पोस्टमा गतिलो पोस्ट आक्रमण बुन्न सकेन । खेलभर नै युभेन्टसले बल पोसेसनमा पकड बनाएको थियो ।

यो सानदार जितसँगै युभेन्टसले दोस्रो स्थानको इन्टर मिलानसँग अंक बराबरी (२७) गरेपनि तेस्रो स्थानमा रहेको छ । इन्टरले एक खेल कम खेलेको छ । शीर्षस्थानको एसी मिलानको २८ अंक छ । पराजित पार्मा १२ अंकसहित १५औं स्थानमा छ ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.