default_image

3 years ago

December 20, 2020

आर्सनलमाथि एभर्टनको जित, सिटी पनि विजयी

एजेन्सी – एभर्टनले इंग्लिस प्रिमियर लिगको पछिल्लो तीन खेलमा शत प्रतिशत जित निकाल्दा शनिबार राति लन्डन क्लब आर्सनलमाथि २–१ को जित निकालेको छ । यसअघि एभर्टनले चेल्सीलाई १–० ले तथा लेस्टर सिटीलाई २–० ले पराजित गरेको थियो । आत्मघाती गोलबाट अग्रता लिएको एभर्टनले यारी मिनाको निर्णायक गोलबाट जित निकाल्दै महत्वपुर्ण ३ अंक जोड्न सफल भयो […]

45 views

0 Bookmark

एजेन्सी – एभर्टनले इंग्लिस प्रिमियर लिगको पछिल्लो तीन खेलमा शत प्रतिशत जित निकाल्दा शनिबार राति लन्डन क्लब आर्सनलमाथि २–१ को जित निकालेको छ ।

यसअघि एभर्टनले चेल्सीलाई १–० ले तथा लेस्टर सिटीलाई २–० ले पराजित गरेको थियो । आत्मघाती गोलबाट अग्रता लिएको एभर्टनले यारी मिनाको निर्णायक गोलबाट जित निकाल्दै महत्वपुर्ण ३ अंक जोड्न सफल भयो । आर्सनलका निकोलस पेपेले गोल गरेपनि हार टार्न सकेन ।

गुडिसन पार्कमा शनिबार राति भएको खेलमा घरेलु टोलीले खेलको २२औं मिनेटमा रोव होल्डिङको आत्मघाती गोलबाट अग्रता लिएको थियो । टोम डाभिसको पासमा एलेक्स इओवीले क्रस गरेको बललाई डोनिनिक काल्भर्ट लेविनले प्रहार गर्ने प्रयास गरेपनि सँगै रहेका होल्डिङले आफ्नै पोस्६मा गोल गर्न पुगेका थिए ।

३५औं मिनेटमा निकोलस पेपेले पेनाल्टीमार्फत खेललाई १–१ गोलको बराबरीमा ल्याए । टोम डाभिसले पेनाल्टी बक्समा मेटल्यान्ड नाइल्सलाई फल गरेपछि प्राप्त पेनाल्टीमा पेपे चुकेनन् । ४५औं मिनेटमा यारी मिनाले गिल्फी सिगुर्डसनको पासमा गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

खेलमा पछि परेको आर्सनलले दोस्रो हाफमा बल पोसेसनमा पकड बनाएपनि घरेल टोलीको बलियो रक्षापङ्ति तोड्न नसक्दा आर्सनल पराजित हुन पुग्यो । प्रिमियर लिगको पछिल्लो ५ खेलमा आर्सनलको यो चौथो हार हो । एक खेल बराबरी खेलेको छ ।

प्रिमियर लिगमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई १ नोभेम्वरमा १–० ले पराजित गरेयता पछिल्लो ७ खेलमा जित निकाल्न सकेको छैन । जसमा ५ हार र दुई बराबरीमो नतिजा छ । यसक्रममा आर्सनलले एस्टन भिल्ला (३–०), लिड्स (०–०), वल्भ्स (२–१), टोटेनहम (२–०), बर्नली (१–०) र साउथह्याम्टनसँग (१–१) गोलको बराबरीको नतिजा निकालेको छ ।

यो जितसँगै एर्भटन १४ खेलबाट २६ अंक जोडेर दोस्रो स्थानमा उक्लदा आर्सनल १४ अंक जोडेर १५औं स्थानमा रहेको छ । शीर्षस्थानको लिभरपुलको ३१ अंक रहेको छ । एक खेल कम खेलेको टोटेनहमको २५ तथा लेस्टरको २४ अंक छ ।

यस्तै प्रिमियर लिगकै अर्काे खेलमा इंग्लिस फरवार्ड रहिम स्टर्लिङको निर्णायक गोलमा म्यानचेस्टर सिटीले साउथह्याम्टनलाई उसकै मैदानमा १–० को जित निकालेको छ । स्टर्लिङले १६औं मिनेटमा गरेको गोल नै सिटीको जितमा निर्णायक बन्यो ।

यो जितसँगै सिटी १३ खेलबाट २३ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । पराजित साउथह्याम्टन १४ खेलबाट २४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.