default_image

3 years ago

December 20, 2020

लेवान्डोस्कीको दुई गोल, बायर्न शीर्षस्थानमा

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको दुई गोलसँगै शीर्षस्थानमा रहेको बायर लिभरकुसनमाथि २–१ को पूनरागमन जित निकाल्दै बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा उक्लिएको छ । बायर्नले एक गोलले पछि परेको अवस्थामा घरेलु टोलीमाथि २–१ को महत्वपुर्ण जित हात पारेको हो । घरेलु टोलीका प्याट्रिक सेखले गरेको गोल सान्वना बन्यो । बेएरिना लिभरकुसनमा शनिबार राति भएको […]

25 views

0 Bookmark

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको दुई गोलसँगै शीर्षस्थानमा रहेको बायर लिभरकुसनमाथि २–१ को पूनरागमन जित निकाल्दै बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा उक्लिएको छ ।

बायर्नले एक गोलले पछि परेको अवस्थामा घरेलु टोलीमाथि २–१ को महत्वपुर्ण जित हात पारेको हो । घरेलु टोलीका प्याट्रिक सेखले गरेको गोल सान्वना बन्यो । बेएरिना लिभरकुसनमा शनिबार राति भएको खेलमा घरेलु टोलीले खेलको १४औं मिनेटमा प्याट्रिक सेखको गोलबाट अग्रता लिएको थियो । उनले नादिम एमिरीको पासमा गोल गरेका थिए ।

४३औं मिनेटमा थोमस मुलरको पासमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा योसुवा किम्मिखको पासमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई २–१ को पूनरागमन जित दिलाए ।

यो जितसँगै बायर्नले शीर्षस्थानमा २ अंकको अग्रता कायम गरेको छ । बायर्नको १३ खेलबाट ३० अंक रहेको छ । समान खेलबाटै दोस्रो र तेस्रो स्थानमा रहेको लिभरकुसन र आरबी लाइप्जिगको समान २८ अंक छ ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.