default_image

3 years ago

December 20, 2020

लिल र पीएसजीलाई पछि पार्दै लियोन शीर्षस्थानमा उक्लियो

एजेन्सी – घरेलु टोली निसमाथि ४–१ को फराकिलो जित दर्ता गर्दै लियोन फ्रेन्च लिग वानको शीर्षस्थानमा उक्लिएको छ । लियोनले एक खेल कम खेलेको लिल १ अंकले तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २ अंकले पछि पारेको हो । लियोनको १६ खेलबाट ३३ अंक रहँदा लिलको ३२ तथा पीएसजीको ३१ अंक रहेको छ । यद्दपि […]

22 views

0 Bookmark

एजेन्सी – घरेलु टोली निसमाथि ४–१ को फराकिलो जित दर्ता गर्दै लियोन फ्रेन्च लिग वानको शीर्षस्थानमा उक्लिएको छ ।

लियोनले एक खेल कम खेलेको लिल १ अंकले तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २ अंकले पछि पारेको हो । लियोनको १६ खेलबाट ३३ अंक रहँदा लिलको ३२ तथा पीएसजीको ३१ अंक रहेको छ । यद्दपि लिल र पीएसजीले एक खेल कम खेलेका छन् ।

एलिएन्ज रिभिइरा रंगशाला निसमा शनिबार राति भएको खेलमा लियोनको जितमा मेम्फिस डिपाए, टिमो काडेवेर, कार्ल टोको इकाम्वी र हौसेम एऔरले गोल गरे । घरेलु टोलीका एमिन गोउइरीले गरेको गोल सान्वना बन्यो ।

खेलको ३२औं मिनेटमा मेम्फिस डिपाएको पेनाल्टी गोलबाट लियोनले अग्रता लिएको थियो । ३९औं मिनेटमा टिमो काडेवेरले गोल गर्दै लियोनको अग्रता दोब्बर पारे । ४४औं मिनेटमा एमिनले गोल गर्दै खेललाई पहिलो हाफमा २–१ को अवस्थामा ल्याएका थिए ।

६३औं मिनेटमा कार्ल टोको इकाम्वीले टिमो काडेवेरको पासमा गोल गर्दै लियोनलाई जिततर्फ अघि बढाए । ७३औं मिनेटमा हौसेमले गोल गर्दै लियोनलाई ४–१ को फराकिलो जित दर्ता गराए ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.