default_image

3 years ago

December 21, 2020

चेल्सीलाई वेस्ट ह्यामको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति लन्डन क्लब चेल्सीले घरेलु मैदानमा वेस्ट ह्याम युनाइटेडको सामना गर्दैछ । खेल स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । पछिल्लो दुई खेल गुमाएको चेल्सी वेस्ट ह्यामलाई हराउँदै जितको लयमा फर्किने लक्ष्यमा हुनेछ । चेल्सी एभर्टनसँग १–० ले तथा वल्भ्ससँग २–१ ले पराजित भएको थियो । चेल्सी […]

25 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति लन्डन क्लब चेल्सीले घरेलु मैदानमा वेस्ट ह्याम युनाइटेडको सामना गर्दैछ । खेल स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ ।

पछिल्लो दुई खेल गुमाएको चेल्सी वेस्ट ह्यामलाई हराउँदै जितको लयमा फर्किने लक्ष्यमा हुनेछ । चेल्सी एभर्टनसँग १–० ले तथा वल्भ्ससँग २–१ ले पराजित भएको थियो । चेल्सी अहिले २२ अंक जोडेर आठौं स्थानमा रहेको छ । वेस्टह्यामलाई हराउन सके चेल्सी पाँचौ स्थानमा उक्लनेछ ।

टिमो वेर्नरको खराव लय चेल्सीको लागि टाउको दुखाईको विषय बनेको छ । नोभेम्वर ८ मा सेफिल्ड युनाइटेडमाथि ४–१ को जित निकालेयता वेर्नरले चेल्सीको पछिल्लो आठ खेलमा गोल गर्न सकेका छैनन् ।

तर टोलीसँग ओलिभर जिरुउड, काई हाभर्टज, ट्याम्मी अब्राहम मासन माउन्ट, क्रिस्टियन पुलिसिस, एङगोलको कान्टे, माटियो कोभासिस, थियागो सिल्भा, बेन चिलवेल, रिस जेम्स, कोर्ट जोउमा र गोलरक्षक इडुआर्ड मेन्डीको साथ रहेको छ ।

कलुम हड्सन ओडोई र हाकिम जियाच चोटका कारण टोलीमा रहने सम्भावना न्युन छ । एन्टेनियो रुडिगर, सिसर एज्पिलिक्वेटा, जर्गिनो र बिल्ली गिल्मर पनि टोलीसँगै रहेको छ ।

यता, वेस्ट ह्याम पनि घरेलु टोलीलाई स्तब्ध पार्दै अंक तालिका सुधार गर्ने दाउमा मैदान उत्रनेछ । वेस्ट ह्याम २१ अंक जोडेर १०औं स्थानमा रहेको छ । चेल्सीलाई हराउन सके वेस्ट ह्याम छैटौं स्थानमा उक्लने सम्भावना छ । टोलीसँग सेवास्टिन हालेर, साइद बेनरहमा, म्यानुयल लान्जिनी, टोमस सौसेक, आरोन क्रेसवेल र गोलरक्षक लुकास्ज फावियान्स्कीको साथ रहेको छ ।

यि दुई टोलीको पछिल्लो १९ खेलको नजिता हेर्दा चेल्सीले ९ खेलमा सफलता हात पार्दा ६ खेल वेस्ट ह्यामले आफ्नो पक्षमा पार्दा ४ खेल बराबरीमा सकिएको छ । गत सिजनको दुवै खेलमा वेस्ट ह्यामले चेल्सीलाई हराएको थियो । वेस्ट ह्याम सोही जितको लयलाई निरन्तरता दिने लक्ष्यमा रहँदा चेल्सी वेस्ट ह्यामलाई हराउने दाउमा हुनेछ ।

यस्तै प्रिमियर लिगकै अर्काे खेलमा आज राति बर्नले र वल्भ्सबीच राति ११ः१५ बजे प्रतिस्पर्धा हुदैछ । वल्भ्स २० अंक जोडेर ११औं स्थानमा तथा बर्नले १० अंक जोडेर १८औं स्थानमा रहेको छ ।

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.