default_image

3 years ago

December 24, 2020

कीर्तिमानको अर्को नाम मेस्सी

58 views

0 Bookmark

एजेन्सी– बार्सिलोनाका कप्तान लिओनल मेस्सीले खेल जीवनमा बनाएका कतिपय कीर्तिमान भंग हुन असम्भव जस्तै देखिएका छन् । पछिल्लो पटक उनले एउटै क्लबका लागि सर्वाधिक गोल गर्ने ब्राजिलियन महान खेलाडी पेलेको कीर्तिमानलाई भंग गरेका छन् ।

पेलेले ६ सय ४३ गोल गरेका छन् । मेस्सीले बार्सिलोनाका लागि ६ सय ४४ गोल गरेका छन् । पेलेको कीर्तिमान भंग गरेपनि मेस्सीले सामाजिक सञ्जालमार्फत कीर्तिमानका लागि सहयोग गर्नेलाई धन्यवाद दिएका छन् ।

‘जति बेला मैले खेल्न सुरु गरेको थिए, मैलै कीर्तिमान भंग गर्ने विषयमा सोचेको थिएन । त्यसमध्ये मैले आज एउटा कीर्तिमान बनाएको छु । पेलेले बनाएको कीर्तिमान भंग गरेको छु । म यति बेला मलाई वर्षौंदेखि सहयोग गर्ने सहकर्मी, मेरो परिवार, मेरा साथीहरु र हरेक दिन मलाई सहयोग गर्नेलाई धन्यवाद , ‘मेस्सीले लेखेका छन् ।

अर्जेन्टिनी सुपर स्टारले अन्य थुप्रै कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । मंगलबार मात्रै उनले प्रतिष्ठित पिचिची ट्रफी कीर्तिमानी सातौं पटक जितेका छन् । यसमा पनि उनले महान टेल्मो जाराको कीर्तिमान तोडेका छन् । ‘सातौं पटक यो अवार्ड जित्दै जाराको कीर्तिमान तोड्नु आफैमा गर्वको विषय हो । यसको ठूलो अर्थ छ, ‘मेस्सीले भनेका छन् ।

३३ वर्षे मेस्सी बार्सिलोनाका सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले टोलीका लागि सर्वाधिक ३४ उपाधि जितेका छन् । आन्द्रे इनियस्टा भन्दा २ उपाधि बढी जितेका छन् । त्यस्तै ला लिगामा मात्र उनले ३५ पटक ह्याट्रिक गरेका छन् ।

त्यस्तै उनले एउटै सिजन सन् २०११ /१२ मा ५० गोल गरेका थिए । अहिले पनि उच्च फर्ममा रहेका मेस्सीले ६ पटक २००९, २०१०,२०११,२०१२,२०१५ र २०१९ मा बालोन डी ओर उपाधि जितेका छन् ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.