default_image

3 years ago

December 24, 2020

युभेन्ट्स कमजोर हुनुको कारण

64 views

0 Bookmark

एजेन्सी – युभेन्ट्सले लगातार ९ पटक इटालियन सिरि ए जितिसकेको छ । लगातार १० औं पटक जित्ने अभियानमा अहिले सम्म हेर्दा भने केहि धक्का लागेको छ । युभेन्ट्स एसी मिलान भन्दा ७ अंक, इन्टर भन्दा ६ अंकले पछाडि छ ।

नेपोली र रोमासँग भने टोलीको अंक बराबरी छ ।अहिलेको अवस्था हेर्दा आन्द्रिए पिर्लोको टोलीका लागि उपाधि जित्न कठिन हुने देखिएको छ । त्यसका केहि कारण यस्ता छन् ।

कमजोर फिनिसिङ

युभेन्ट्सले यो सिजन १३ गोलमा २५ गोल गरेका छ । तर टोली जसरी स्कोरिङका लागि परिचित थियो, त्यस्तो यो सिजन देखिएको छैन । त्यसमा मुख्यत अल्भारो मोराटा र क्रिस्टियानो रोनाल्डो नै त्यसका मुख्य दोषी देखिन्छन् ।

रक्षापंक्तिको गल्ति

लियोनार्दो बोनुची र म्याथिज डे लिग्टको नेतृत्वमा रहेको रक्षापक्तिले आफ्नो भुमिकामा न्याय गर्न सकेको छैन । उनीहरुले अपेक्षा अनुसार प्रदर्शन गर्न सकिरहेका छैनन् । चर्को मुल्य खर्च गरिएका खेलाडीले आफ्नो प्रदर्शनबाट त्यसको पुष्टी गर्न सकेका थिएनन् । अनुभवी मानिएका खेलाडीबाट अपेक्षा अनुसारको प्रदर्शन नहुँदा टोलीमाथि स्वभाविक रुपमा दबाब पर्छ नै ।

रोनाल्डोको अपर्याप्त प्रदर्शन

युभेन्ट्समा अहिले पनि रोनाल्डो मुख्य खेलाडी हुन् । उनले गोल नगरेको खेलमा टोली दबाबमा रहन्छ । अझ उनी खेलेकै छैनन् भने दबाब झनै बढी हुने गरेको छ ।

कम प्रभावी पिर्लो

पिर्लोले सिनियर टोली हेरेको धेरै समय भएको छैन । तर, उनले प्रशिक्षकका रुपमा प्रभाव पार्न सकेका छ्रनन् । आफ्नो समयमा उत्कृष्ट खेलाडीबाट प्रशिक्षकका रुपमा पनि त्यस्तै अपेक्षा गरिएको हुन्छ नै । यसअघि लगातार ९ पटक सिरि ए जितेको टोली यसपटक उपाधि विहिन भएको खण्डमा त्यसको सबैभन्दा बढी दोष उनीमाथि नै जानेछ ।

भूमिकाको खोजीमा डेबाला

अर्जेन्टिनी फरवार्ड अहिले पनि युभेन्ट्समा छायाँमा छन् । यो सिजन उनले ८ खेलमा मात्र मौका पाएका छन् । उनलाई ठूलो भूमिका दिन पिर्लो अझै तयार देखिदैनन् । ठूला खेलमा त छन् उनले कमै मौका पाउने गरेका छन् ।

त्यसमध्ये मंगलबार फ्लोरेन्टिनाविरुद्ध उनी खेल्न पाएनन् । जुन खेलमा युभेन्ट्स पराजित भएको थियो । उनीलाई किन पिर्लोले प्रयोग गरिरहेका छैनन् भन्नेमा धेरै आश्चार्यमा परेका छन् ।

अपराजित मिलान
अपराजित मिलानले लगातार एकरुपताको प्रदर्शन गरेको छ । जसले टोलीको मनोबल थप उच्च भइरहेको छ । युभेन्ट्सको प्रदर्शन भने एकरुपताको छैन ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.