default_image

3 years ago

December 24, 2020

बेन्जेमा र क्यासमिरोको गोलमा रियल विजयी

39 views

0 Bookmark

एजेन्सी – फ्रेन्च फरवार्ड करिम बेन्जेमा र ब्राजिली मिडफिल्डर क्यासमिरोको गोलमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा ग्रानडालाई २–० ले पराजित गरेको छ ।

घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा बुधबार राति भएको खेलमा रियलको दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । ग्रानडामाथि खेलको सुरुवातदेखि नै रियलले बल पोसेसनमा पकड बनाउदै लगातार आक्रमण बुनेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।

खेलको पहिलो मिनेटमा नै डिफेन्डर राफायल भरानको गल्तीमा रोबर्टाे सोल्डाडोको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा ग्रानडाले अग्रता लिने मौका गुमाएको थियो । १५औं मिनेटमा टोनी क्रुसको फ्रिकिकलाई गोलरक्षक रुइ सिल्भाले मुस्किलले बचाए ।

५५औं मिनेटमा मार्काे एसेन्सियोको फ्लिक फ्रिकिकमा फेडे भाल्भर्डे र टोनी क्रुसले प्रयास गरेपनि गोलरक्षक सिल्भा बाधक बने । ५७औं मिनेटमा मार्काे एसेन्सियाको क्रसलाई क्यासमिरोले हेडरमार्फत गोल गर्दै रियललाई अग्रता दिलाए ।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा बेन्जेमाले इस्कोको पासमा गोल गर्दै रियलको जित पक्का गरे । ला लिगामा रियलको यो लगातार पाँचौ जित हो ।

जितसँगै रियलले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग अंक बराबरी गरेको छ । रियलको १५ खेलबाट ३२ तथा एट्लेटिकोले १३ खेल खेलेको छ । पराजित ग्रानडा २१ अंक जोडेर सातौ स्थानमा रहेको छ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.