default_image

3 years ago

December 24, 2020

पीएसजीको सानदार जित

52 views

0 Bookmark

एजेन्सी – अन्तिम ११ मिनेटमा तीन गोल सम्भव भएपछि फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्ट्रासवर्गमाथि ४–० को सानदार जित निकालेको छ ।

घरेलु मैदान पार्क दि प्रिन्सेसमा बुधबार राति भएको खेलमा पीएसजीको फराकिलो जितमा टिमोथी पेम्वेले, केलियन एमबाप्पे, इड्रिसा गाना गुआई र मोइस किनले गोल गरे । खेलको १८औं मिनेटमा पेम्वेलेको गोलबाट अग्रता लिएको पीएसजीले बाँकी तीन गोल अन्तिम ११ मिनेट भित्र गरेको थियो ।

७९औं मिनेटमा एन्जल डि मारियाको पासमा एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । ८८औं मिनेटमा जुलियन ड्राक्सलरको पासमा इड्रिसाले गोल गर्दै पीएसजीलाई सहज जिततर्फ अग्रसर गराए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मोइस किनले गोल गर्दै पीएसजीलाई ४–० को सानदार जित दिलाए ।

यो जितपछि पीएसजी १७ खेलबाट ३५ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । शीर्षस्थानमा रहेको लियोन र लिलको समान ३६ अंक छ । पराजित स्ट्रासवर्ग १४ अंक जोडेर १७औं स्थानमा छ ।

अन्य नतिजा
एन्जर्स
विरुद्ध मार्से (–१), लियोनविरुद्ध नान्टेस (–०), मोनाकोविरुद्ध सेन्ट इटिने (२–२), मोन्टपिलिएरविरुद्ध लिल (२–)

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.