default_image

3 years ago

December 24, 2020

एसी मिलान अपराजित, इन्टरलाई पनि सफलता

63 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको एसी मिलान र इन्टर मिलानले बुधबार राति आ–आफ्नो खेलमा सफलता हात पारेका छन् ।

घरेलु मैदानमा एसी मिलानले लाजियोमाथि ३–२ को रोमाञ्चक जित हात पारेको हो । मिलानको जितमा एन्टी रेविच, हकान कलहानोग्लु र थियो हर्नान्डेजले गोल गरे । लाजियोका लुइस अल्बर्टाे र सिरो इम्मोबिलेले गोल गरेपनि हार टार्न सकेन ।

खेलको १०औं मिनेटमा नै एन्टी रेविचको गोलबाट मिलानले अग्रता लिएको थियो । १७औं मिनेटमा हकान कलहानोग्लुले पेनाल्टीमा गोल गर्दै मिलानको अग्रता दोब्बर पारे । २८औं मिनेटमा सिरो इम्मोविलेले पेनाल्टी चुकाएपनि रि पेनाल्टीमा रोबर्टाेले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

५७औं मिनेटमा इम्मोविलेले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । तर इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा कलहानोग्लुको पासमा थियो हर्नान्डेजले गोल गर्दै मिलानलाई रोमाञ्चक जित दिलाए ।

यो जितसँगै अपराजित रहँदै शीर्षस्थानमा रहेको मिलानको १४ खेलबाट ३४ अंक पुगेको छ । पराजित लाजियो २१ अंक जोडेर आठौं स्थानमा रहेको छ । अपराजित रहेको मिलानले १४ खेलमा १० जित र ४ बराबरीको नतिजा निकालेको छ ।

यस्तै अर्काे खेलमा इन्टर मिलानले हेलास भेरोनामाथि २–१ को जित निकालेको छ । इन्टरको जितमा लौटारो मार्टिनेज र मिलान स्क्रिनिएरले गोल गरे । घरेलु टोलीका इभान इलिसले एक गोल फर्काए ।

यो जितसँगै इन्टरले शीर्षस्थानको एसी मिलानमाथि दवाव बढाउदै १ अंकको अन्तरलाई यथावत राखेको छ । इन्टरको ३३ अंक छ । पराजित भेरोना २० अंक जोडेर नवौं स्थानमा रहेको छ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.