default_image

3 years ago

December 24, 2020

सेमिफाइनलमा म्यानचेस्टर डर्बी

30 views

0 Bookmark

एजेन्सी – इंग्लिस फुटबल लिग (इएफएल) कपको सेमिफाइनलमा म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुने भएको छ ।

बुधबार राति एभर्टनमाथि २–० को जित निकाल्दै युनाइटेडले सेमिफाइनलमा सिटीसँगको भेट पक्का गरेको हो । सिटीले मंगलबार राति नै आर्सनलको चुनौती ४–१ ले पन्छाउदै अन्तिम चारको यात्रा तय गरेका थिए । खेल युनाइटेडको मैदानमा हुनेछ ।

अर्काे सेमिफाइनलमा टोटेनहमले च्याम्पियनसिप क्लब ब्रेन्टफोर्ड प्रतिद्धन्द्धी पाएको छ । टोटेनहमले बुधबार राति च्याम्पियनसिप क्लब स्टोक सिटीलाई ३–१ ले हराएर अन्तिम चारको यात्रा तय गर्दा ब्रेन्टफोर्डले न्युक्यासलको चुनौती १–० ले पन्छाएको थियो । खेल टोटेनहमको मैदानमा हुनेछ ।

दुवै सेमिफाइनल ४ जनवरीमा नेपाली समयअनुसार राति १०ः४५ बजे हुनेछ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.