default_image

3 years ago

December 24, 2020

फिफा क्लब विश्वकप कतारमा हुने

55 views

0 Bookmark

एजेन्सी – कोरोना महामारीका स्थगित भएको फिफा क्लब विश्वकप आगमी फेब्रुअरीमा हुने भएको छ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले निकालेको नयाँ तालिका अनुसार फिफा क्लब विश्वकप सन् २०२१ को फेब्रुअरी १ देखि ११ सम्म कतारमा आयोजना हुनेछ ।

प्रतियोगिताको खेलहरु सन् २०२२ मा आयोजना कतार विश्वकपको खेल हुने तीन रंगशालामा हुनेछ । जसमा अहमद बिन अली, खलिफा ईन्टरनेश्नल र एजुकेशन सिटी स्टेडियम रहेका छन् । फिफा क्लब विश्वकपमा ६ महादेशका टिमलाई समावेश गरिनेछ ।

प्रतियोगिताको उद्घाटन खेल फेब्रुअरी १ मा अहमद बिन अली रंगशालामा हुनेछ । उद्घाटन खेलमा कतारी क्लब अल दुहैल र अक्ल्यान्ड सिटीबीच प्रतिस्पर्धा हुनेछ । समापन खेल फेब्रुअरी ११ मा एजुकेशन सिटी स्टेडियममा हुनेछ ।

प्रतियोगितामा युइएफए च्याम्पियन्स लिग विजेताको रुपमा जर्मन क्लब बायर्न म्युनिख, काफको च्याम्पियन्स लिगको विजेता इजिप्टको अल अहली, एएफसी च्याम्पियन्स लिग विजेता कोरियन क्लब उल्सान हुन्डाई रहेका छन् ।

यस्तै कन्काफ च्याम्पियन्स लिग विजेता मेक्सिकन क्लब टिग्रेस युएएनएल, आयोजक कतार स्टार लिग विजेता अल दुहैल र ओएफसी महादेशबाट न्युजिल्यान्डको अकल्याण्ड सिटीले सहभागीता जनाउनेछन् । दक्षिण अमेरिकी महादेशबाट छनोट हुन बाँकी रहेको छ ।

गतवर्ष इंग्लिस क्लब लिभरपुल च्याम्पियन बनेको थियो । स्पेनिस क्लब रियल म्याड्रिडले सर्वाधिक चार पटक फिफा क्लब विश्वकप जितेका छन् । रियलले २०१६ देखि २०१८ सम्म लगातार तीनपटक उपनधि जितेको थियो । त्यसपछि क्याटलान क्लब बार्सिलोनाले तीनपटक जितेका छन् ।

ब्राजिली क्लब कोरियन्थसले दुईपटक, साओपाउलो र नासिनोलले समान एकपटक जितेका छन् । इटालियन क्लब एसी मिलान र इन्टर मिलानसँगै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पनि समान एकपटक उपाधि जितेका छन् ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.