default_image

3 years ago

December 25, 2020

मृत्युअघि म्याराडोनालाई अत्यधिक पिडा

एजेन्सी – विस्तृत परिक्षणबाट अर्जेन्टिनी महान खेलाडी स्वर्गिय डिएगो म्याराडोनाको शरीरमा लागु औषध र मादक पदार्थको नपाइएको बताइएको छ । तर, मृत्युको केहि घन्टा अघि उनले निकै दुखाई महसुस गरेको परिक्षणबाट थाहा भएको छ । परिक्षणबाट उनले मृत्य अघिको छ देखि आठ घन्टा निकै यातना महसुस गरेको उल्लेख गरिएको छ । यसले अन्तिम समयमा उनलाई […]

35 views

0 Bookmark

एजेन्सी – विस्तृत परिक्षणबाट अर्जेन्टिनी महान खेलाडी स्वर्गिय डिएगो म्याराडोनाको शरीरमा लागु औषध र मादक पदार्थको नपाइएको बताइएको छ । तर, मृत्युको केहि घन्टा अघि उनले निकै दुखाई महसुस गरेको परिक्षणबाट थाहा भएको छ ।

परिक्षणबाट उनले मृत्य अघिको छ देखि आठ घन्टा निकै यातना महसुस गरेको उल्लेख गरिएको छ । यसले अन्तिम समयमा उनलाई हेर्ने विशेषज्ञहरुलाई विवादमा तानेको छ । शारीरिक र मानसिक उपचारका क्रममा उनलाई केवल औषधी मात्र प्रयोग गरिएको देखिएको बताइएको छ । उनलाई प्रयोग गरिएको औषधी उदासीनका थिए ।

ती औधरी मदिरा निर्भरता र पेटको समस्याको उपचारका क्रममा प्रयोग गरिएको बताइएको छ । परिक्षण रिपोर्टका अनुसार म्याराडोनाको मृगौला, फोक्सो र कलोजोमा समस्या थियो । नेपोलीका पूर्व महान खेलाडी म्याराडोनाको अर्जेन्टिनाको ब्युनर्स आयार्समा गत महिना मृत्यु भएको थियो । त्यसअघि नोभेम्बरमा उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो ।

प्रहरीले उनको नजिक रहेर स्वास्थ्य अवस्था र मानसिक अवस्थाबारे हेरचाह गरिरहेका व्यक्तिहरुसँग सोधपुछ गरेको थियो । म्याराडोनाको व्यक्तिगत डाक्टरको कार्यालयमा समेत प्रहरीले खानतलासी गरेको थियो । उनको आर्थिक हिसाबकिताबमा हिनामिना तथा हेरचाह राम्रो नभएको आरोप परिवारले लगाएको छ ।

May 1, 2024

बायर्न म्युनिख र रियल म्याड्रिडको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल […]

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

Success

Thank you for your time.