default_image

3 years ago

December 26, 2020

जेसस र वाल्करलाई कोरोना पुष्टि

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका ब्राजिली फरवार्ड गाब्रियल जेसस र इंग्लिस डिफेन्डर केएल वाल्करलाई कोरोना संक्रमण पुष्टि भएको छ । जेसस र वाल्करसँगै क्लबका अन्य दुई स्टाफलाई कोरोना पुष्टि भएपनि उनीहरुको नाम सार्वजनिक गरिएको छैन । कोरोना पुष्टि भएसँगै यि दुई खेलाडी कोरोनामुक्त नहुन्जेल टोलीमा उपलब्ध हुनेछैनन् । उनीहरु दुई साता टोली बाहिर रहने […]

23 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका ब्राजिली फरवार्ड गाब्रियल जेसस र इंग्लिस डिफेन्डर केएल वाल्करलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

जेसस र वाल्करसँगै क्लबका अन्य दुई स्टाफलाई कोरोना पुष्टि भएपनि उनीहरुको नाम सार्वजनिक गरिएको छैन । कोरोना पुष्टि भएसँगै यि दुई खेलाडी कोरोनामुक्त नहुन्जेल टोलीमा उपलब्ध हुनेछैनन् । उनीहरु दुई साता टोली बाहिर रहने अनुमान रहेको छ ।

यसको अर्थ पेप ग्वार्डिओलाको नियमित रुपमा पहिलो रोजाईमा खेल्दै आएका जेसस र वाल्करले प्रिमियर लिगको तीन खेलसँगै इएफएल कपको म्यानचेस्ट युनाइटेडविरुद्ध सेमिफाइनल खेल गुमाउने सम्भावना छ ।

प्रिमियर लिगको आठौं स्थानमा रहेको सिटीले न्युक्यासल युनाइटेड, एभर्टन र चेल्सीसँग प्रतिस्पर्धा गर्दैछ । इएफएलको सेमिफाइनल ४ जनवरीमा हुनेछ । २३ वर्षीय जेससले ७ खेलमा २ गोल र एक असिस्ट दिएका छन् । यस्तै वाल्करले १२ खेलमा १ गोल र १ असिस्ट दिएका छन् ।

सिटीका सर्जियो अगुइरोको अनुपस्थितिमा जेससले टोलीमा लगातार पहिलो रोजाईमा मौका पाइरहेका थिए । चोटका कारण जेसस केही समय मैदान बाहिर पनि रहे ।

May 1, 2024

बायर्न म्युनिख र रियल म्याड्रिडको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल […]

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

Success

Thank you for your time.