default_image

3 years ago

December 27, 2020

एभर्टन दोस्रो स्थानमा उक्लियो

एजेन्सी – सेफिल्ड युनाइटेडमाथि १–० को झिनो जित निकाल्दै एभर्टन इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । एभर्टनले लेस्टर सिटी र म्यानचेस्ट युनाइटेडलाई पछि पार्दै दोस्रो थानमा उक्लिएको हो । शनिबार राति लेस्टर र युनाइटेडले २–२ गोलको बराबरी खेलेको फाइदा एभर्टनले उठाउन सफल भयो । एभर्टनको १५ खेलबाट २९ अंक पुगेको छ । एक […]

22 views

0 Bookmark

एजेन्सी – सेफिल्ड युनाइटेडमाथि १–० को झिनो जित निकाल्दै एभर्टन इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

एभर्टनले लेस्टर सिटी र म्यानचेस्ट युनाइटेडलाई पछि पार्दै दोस्रो थानमा उक्लिएको हो । शनिबार राति लेस्टर र युनाइटेडले २–२ गोलको बराबरी खेलेको फाइदा एभर्टनले उठाउन सफल भयो ।

एभर्टनको १५ खेलबाट २९ अंक पुगेको छ । एक खेल कम खेलेको शीर्षस्थानको लिभरपुलको ३१ तथा तेस्रो र चौथौ स्थानको लेस्टर र युनाइटेडको २८ र २७ अंक छ । पराजित सेफिल्ड २ अंकसहित पुछारमा छ ।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको खेल सकिन १० मिनेट बाँकी रहँदा कप्तान गिल्फी सिगुर्डसनले गरेको गोल नै एभर्टको जितमा निर्णायक बन्यो । उनले एब्लुलाए डोउकाउरेको पासमा गोल गरेका थिए ।

त्यसअघि खेलको १६औं मिनेटमा घरेलु टोली म्याकगोल्डरिकको प्रहारलाई गुडफ्रेले गोललाईनबाट बचाउदा सेफिल्डको अग्रता टरेको थियो । ४१औं मिनेटमा सिगुर्डसनको प्रहार पोस्टनजिकैबाट बाहिरियो । इन्ज्युरी समयका गोलरक्षक जोर्डन पिकफोर्डको गल्तीमा म्याकब्रुनले अवसर पाएपनि सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो ।

अन्य नतिजा
एस्टन भिल्ला
विरुद्ध क्रिस्टल प्यालेस (–०), फुलहमविरुद्ध साउथह्याम्टन (०–०), आर्सनलविरुद्ध चेल्सी (–१), म्यानचेस्टर सिटीविरुद्ध न्युक्यासल (–०)

May 1, 2024

बायर्न म्युनिख र रियल म्याड्रिडको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल […]

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

Success

Thank you for your time.