default_image

3 years ago

December 29, 2020

रामोसलाई रियलको प्रतिक्षा

एजेन्सी– लुका मोड्रिचको सम्झौता नविकरण विषयमा रियल म्याड्रिड सहमत भइसकेको छ । रियलको अबको ध्यान भनेको सम्झौता सकिन लागेका अन्य खेलाडीको नविकरणका विषयमा हुनेछ । टोलीका महत्वपूर्ण खेलाडी मध्येका एक कप्तान सर्जियो रामोसको सम्झौता सन् २०२१ को जुनमा सकिदैछ । रामोस र क्लबबीच अझै कुनै सम्झौता भएको छैन । डिसेम्बर २० मा क्लबका सदस्यहरुबीच भेला […]

28 views

0 Bookmark

एजेन्सी– लुका मोड्रिचको सम्झौता नविकरण विषयमा रियल म्याड्रिड सहमत भइसकेको छ । रियलको अबको ध्यान भनेको सम्झौता सकिन लागेका अन्य खेलाडीको नविकरणका विषयमा हुनेछ ।

टोलीका महत्वपूर्ण खेलाडी मध्येका एक कप्तान सर्जियो रामोसको सम्झौता सन् २०२१ को जुनमा सकिदैछ । रामोस र क्लबबीच अझै कुनै सम्झौता भएको छैन । डिसेम्बर २० मा क्लबका सदस्यहरुबीच भेला भएको थियो । त्यसले नयाँ सिजनको बजेट तय गरेको थियो ।

रामोसले रियलमा रहन चाहेको यसअघि नै सार्वजनिक गरिसकेका छन् । त्यसका लागि दुई पक्षबीच नयाँ सम्झौता हुनु पर्नेछ । रामोस र क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरजबीच छलफल भएपछि नविकरणका विषयमा टुंगिने विश्वास गरिएको छ । उनीहरुबीचको सम्बन्ध हार्दिक रहेको बताइन्छ ।

रियलले भने बढी उमेरका खेलाडीसँग एक वर्षको सम्झौता गर्ने नीति रहेको छ । मोड्रिचको सम्झौता त्यसै नीतिअनुसार एक सिजन नवीकरण भएको थियो । तर, रामोस भने क्लबसँग लामो सम्झौता चाहिरहेका छन् । क्लब पनि उनीसँग सम्झौता नविकरणको पक्षमा छन् । उनको नेतृत्वमा टोलीले राम्रो गरिरहेकोले पनि उनलाई निरन्तरता दिन चाहन्छ ।

लुकास भाज्क्वेजको के हुन्छ ?

विङ्गर भाज्क्वेजको पनि रियलसँग सम्झौता सकिने क्रममा रहेको छ । रियलको एकेडेमीका उत्पादन समेत रहेका उनी टोलीको पहिलो रोजाईमा रहँदै आएका छन् । उनको प्रदर्शनबाट टोलीलाई मद्दत पुगिरहेको छ ।

त्यसले गर्दा उनीसँगको सम्झौता निवकरण गरिनुपर्ने अवाज उठेको छ । लुकासलाई २०१९ मै सम्झौता नविकरणका लागि प्रस्ताव गरिएपनि उनी त्यति बेला तयार भएका थिएनन् ।

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

Success

Thank you for your time.