default_image

3 years ago

December 28, 2020

कर्णाली प्रदेश फुटबल संघको अध्यक्षमा हमाल

काठमाडौं (हाम्रो खेलकुद)– कर्णाली प्रदेश फुटबल संघको अध्यक्षमा सुर्खेतका प्रमोद हमालसहित ७ सदस्यीय कार्यसमिति सोमबार निर्विरोध निर्वाचित भएको छ । सुर्खेतमा सोमबार भएको भेलाले प्रदेश संघको उपाध्यक्षमा जुम्लाका भरत खत्री, सुर्खेतका गणेश खत्री, जुम्लाका अजय बुढ थापालाई कोषाध्यक्ष चयन गरेको छ । त्यस्तै सदस्यमा सुर्खेतका कृष्ण खड्का, सुर्खेतका महेन्द्र चौधरी र जुम्लाका खगेश्वर आचार्य चुनिए […]

22 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कर्णाली प्रदेश फुटबल संघको अध्यक्षमा सुर्खेतका प्रमोद हमालसहित ७ सदस्यीय कार्यसमिति सोमबार निर्विरोध निर्वाचित भएको छ ।


सुर्खेतमा सोमबार भएको भेलाले प्रदेश संघको उपाध्यक्षमा जुम्लाका भरत खत्री, सुर्खेतका गणेश खत्री, जुम्लाका अजय बुढ थापालाई कोषाध्यक्ष चयन गरेको छ ।

त्यस्तै सदस्यमा सुर्खेतका कृष्ण खड्का, सुर्खेतका महेन्द्र चौधरी र जुम्लाका खगेश्वर आचार्य चुनिए ।
कर्णाली प्रदेशमा अहिले अखिल नेपाल फुटबल संघ (एन्फा) मातहत सुर्खेत र जुम्ला दुई वटा मात्र जिल्ला संघ छन् ।

कार्यसमितिले एन्फाका प्रस्तावित जिल्ला संघका ४ देखि ६ जना प्रतिनिधिलाई प्रदेश समितिमा मनोनित गर्न सक्ने एन्फा केन्द्रीय सदस्य रहेका दीर्घबहादुर केसी (कुमार) ले जानकारी दिए । एन्फाले कर्णाली प्रदेश संघ गठनका लागि केसीलाई प्रतिनिधि खटाएको थियो ।

भेलामा एन्फाका मानार्थ उपाध्यक्ष शिक्षित पराजुलीको उपस्थिति रहेको थियो । कर्णाली प्रदेशका जागरकोट, कालिकोट, मुलु र डोल्पामा प्रस्तावित जिल्ला संघ गठन हुने तयारीमा रहेको केसीले जानकारी दिए ।
देश संघियतामा गइसकेपछि एन्फाले पनि सोही अनुरुप प्रदेश संघ गठन गर्ने वैधानिक व्यवस्था गरेको थियो । सोही अनुरुप प्रदेश संघ गठन भएको हो । प्रदेश संघ स्वायत्त हुने केसीले बताए ।

‘विगतमा हामीले क्षेत्रिय संघको अभ्यास गरेको थियौं । तर त्यो संघसँग खासै अधिकार हुदैन थियो । केन्द्रको निर्देशन र योजनामा काम गर्ने परम्परा थियो,’ केसीले भने, ‘अहिले त्यो भन्दा फरक प्रदेश संघले प्रदेश र त्यसमातहत रहेका जिल्लाको फुटबल विकासका लागि योजना र कार्यक्रम सञ्चालन गर्न सक्नेछ ।’

प्रदेश संघ गठन हुनेमा कर्णाली चौथो हो । यसअघि प्रदेश १, २ र सुदूपश्चिम प्रदेश संघ गठन भइसकेको छ । एन्फाका अनुसार पुस १५ गते लुम्बिनी, पुष १८ गते गण्डकी र पुष २० गते बागमती प्रदेश फुटबल संघ गठन हुनेछ ।

April 29, 2024

इङ्ल्यान्ड ‘सि’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीको आज एन्फाले विदाई समेत गर्दैछ । नेपाली टोलीमा नियमित डिफेन्डर अनन्त तामाङ […]

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

Success

Thank you for your time.