default_image

3 years ago

December 28, 2020

साफ च्याम्पियनसिपको मिति तय

काठमाडौं (हाम्रो खेलकुद) – कोरोना महामारीका कारण स्थगित भएको साफ च्याम्पियनसिप अर्काे वर्ष सेप्टेम्बरमा बंगलादेशमा हुने भएको छ । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) को कार्यसमितिको सोमबार बसेको भर्चुअल बैठकले साफ सन् २०२१ को सेप्टेम्बर १४ देखि २५ सम्म गराउने निर्णय गरेको हो । यस्तै बैठकले उमेर समुहको विभिन्न मिति पनि तय गरेको छ । […]

33 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कोरोना महामारीका कारण स्थगित भएको साफ च्याम्पियनसिप अर्काे वर्ष सेप्टेम्बरमा बंगलादेशमा हुने भएको छ ।

दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) को कार्यसमितिको सोमबार बसेको भर्चुअल बैठकले साफ सन् २०२१ को सेप्टेम्बर १४ देखि २५ सम्म गराउने निर्णय गरेको हो । यस्तै बैठकले उमेर समुहको विभिन्न मिति पनि तय गरेको छ । तर अर्को वर्ष हुने एएफसी क्वालिफायरको मितिलाई मध्यनजर गर्दै मिति परिवर्तन हुने सम्भावना पनि रहेको छ ।

बैठकमा साफ कंग्रेस, इलेक्ट्रोल कोड र २०२१ को प्रतियोगिताका बारेमा छलफल हुदा बजेट र अडिट रिपोर्ट पारित गरेको छ ।

जसअन्तर्गत साफ यु–१६ साफ महिला च्याम्पियनसिप २०२१ अगष्ट १८ देखि २७ सम्म हुनेछ । यस्तै साफ यु–१९ महिला च्याम्पियनसिप जुलाई १३ देखि २२ सम्म हुनेछ । यु–१५ साफ अक्टोबर १ देखि १० सम्म हुनेछ । साफ यु–१८ च्याम्पियनसिप अक्टोबर १५ देखि २४ सम्म गर्ने निर्णय भएको छ । तर, यि प्रतियोगिता हुने स्थान तय गरिएको छैन ।

यसै वर्ष हुनुपर्ने साफ च्याम्पियनसिप लगायत उमेर समुहका प्रतियोगिताहरु कोरोना महामारीका कारण स्थगित हुन पुगेको थियो । माल्दिभ्सले सन् २०१८ मा बंगलादेशमै आयोजित प्रतियोगिताको फाइनलमा भारतलाई हराउँदै उपाधि जितेको थियो ।

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

Success

Thank you for your time.