default_image

3 years ago

December 28, 2020

बेल, हामेस र सेबालोस : जिदानको सहि निर्णय

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले पछिल्लो समय क्लबको खेलाडीका विषयमा केहि ठूला निर्णय लिनुपर्यो । क्लबको आर्थिक पाटोसँगै आफ्नो योजनामा समेत नपरेका खेलाडीलाई अन्यत्र पठाउने दबाब उनीमा थियो । गत सिजनको प्रदर्शन र आफूसँगको सम्बन्धलाई मध्यनजर गर्दै जिदानले सिजनको सुरुवातमा तीन खेलाडीलाई क्लब छाड्न सुझाव दिए । ग्यारेथ बेल, हामेस रोड्रीग्वेज र ड्यानी […]

39 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले पछिल्लो समय क्लबको खेलाडीका विषयमा केहि ठूला निर्णय लिनुपर्यो । क्लबको आर्थिक पाटोसँगै आफ्नो योजनामा समेत नपरेका खेलाडीलाई अन्यत्र पठाउने दबाब उनीमा थियो ।

गत सिजनको प्रदर्शन र आफूसँगको सम्बन्धलाई मध्यनजर गर्दै जिदानले सिजनको सुरुवातमा तीन खेलाडीलाई क्लब छाड्न सुझाव दिए । ग्यारेथ बेल, हामेस रोड्रीग्वेज र ड्यानी सेबालोसलाई उनले लोनमै भएपनि अन्यत्र पठाए । तीनै खेलाडी प्रिमियर लिगको फरक फरक क्लबमा आबद्ध भए । क्लब छाडेलगत्तै जिदानको यो निर्णयलाई लिएर आलोचना गरेपनि अहिले भने उक्त निर्णय सहि सावित भएको छ ।

सेबालोस : आर्सनलको बेन्चमा नै सिमित

युवा मिडफिल्डर सेबालोस प्राविधिक रुपमा निपुण खेलाडी हुन् । प्रशिक्षक मिकेल आर्टेटाले उनलाई आफ्नो योजनामा प्रयोग पनि गरे । तर लगातार खराब नतिजा आएपछि उनले प्रदर्शनमा एकरुपता दिन सकिरहेका छैनन् । पछिल्लो खेलमा आर्सनलले चेल्सीलाई ३-१ ले पराजित गर्दा सेबालोस पूरै समय बेन्चमा नै रहे ।

पछिल्लो खेलकै योजनालाई प्रशिक्षक मिकेलले निरन्तरता दिने हो भने सेबलोसले अब आर्सनलमा पनि संघर्ष गर्नुपर्ने देखिन्छ । अर्को सिजन जिदानको टोलीमा पर्नेबारे अहिले सोच्न पनि सकिन्न । रियलले भविष्यमा उनको प्रयोग हुने देखेर नै लोनमा पठाएको थियो । तर सेबालोसको हालको प्रदर्शन र लुका मोड्रिचले सम्झौता नविकरण गरेका कारण उनको भविष्य रियलमा स्पष्ट छैन ।

हामेस : सुरुवात उत्कृष्ट, निरन्तरता कमजोर

रियल म्याड्रिडबाट एभर्टन पुगेलगत्तै सिजनको सुरुवातमा हामेसले सानदार प्रदर्शन गरे । आफ्नै पूर्व प्रशिक्षक कार्लो एन्चेलोटीको नेतृत्वमा उनले टोलीलाई लगातार राम्रो नतिजा दिलाए । उनको प्रदर्शन हेर्दा उनी लयमा फर्किएको लख काटिएको थियो । तर त्यो लामो समय टिकेन ।

राष्ट्रिय टोलीमा लगातार खराब प्रदर्शन र चोटका कारण उनी अहिले संघर्ष गरिरहेका छन् । उनको पछिल्लो प्रदर्शनले उनको एकरुपतामा प्रश्न उठ्न थालेको छ । जिदानले हामेसलाई रियलबाट पठाउनुको मुख्य कारण पनि यहि नै थियो भन्ने अनुमान लगाउन सकिन्छ ।

बेल : अझै पनि चोटसँग जुध्दै

रियल म्याड्रिड छोडेर टोटेनहम आउँदा बेल घाइते थिए । त्यसकारण पनि उनको सुरुवात कस्तो हुन्छ भन्ने हेर्न लामो समय कुर्नुपर्यो । सिजनको आधा भाग आइपुग्दा पनि बेल पूर्ण रुपमा फिट हुन सकेका छैनन् । लगातार टोलीमा परेपनि पहिलो रोजाइमा स्थान पक्का गर्न असफल भएका छन् ।

बेलले प्रिमियर लिग, कराबाओ कप र युरोपा लिग तीनै प्रतियोगितामा गोल गरेका छन् । तर उनीबाट जुन स्तरको प्रदर्शन अपेक्षा गरिएको थियो, त्यो भने आउन सकेको छैन । हाल चोटका कारण पुन: विश्राममा रहेका उनको भविष्य अब टोटेनहममै पनि रहन्छ वा रहँदैन भन्ने शंका उत्पन्न भएको छ ।

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

Success

Thank you for your time.