default_image

3 years ago

December 29, 2020

ला मासियाका उत्पादन फाती

एजेन्सी – आन्सु फाती १८ वर्षे पुग्ने क्रममा रहँदै गर्दा बार्सिलोनाको पहिलो रोजाईको टोलीमा नियमित रहन सफल भएका थिए । फातीले सल्लाहका लागि आफू अन्य व्यक्तिहरुसँग निर्भर रहेको बताएका छन् । युवा खेलाडीलाई सल्लाह दिने विषयमा फरवार्ड फातीले दुई वटा सामान्य जवाफ दिएका छन् । ‘म कसैलाई सुझाव दिने अवस्थामा छैन । म आफैं अरुको […]

29 views

0 Bookmark

एजेन्सी – आन्सु फाती १८ वर्षे पुग्ने क्रममा रहँदै गर्दा बार्सिलोनाको पहिलो रोजाईको टोलीमा नियमित रहन सफल भएका थिए ।

फातीले सल्लाहका लागि आफू अन्य व्यक्तिहरुसँग निर्भर रहेको बताएका छन् । युवा खेलाडीलाई सल्लाह दिने विषयमा फरवार्ड फातीले दुई वटा सामान्य जवाफ दिएका छन् । ‘म कसैलाई सुझाव दिने अवस्थामा छैन । म आफैं अरुको सल्लाहको आवश्यकता महसुस गर्छु,’ फातीले भने, ‘तर यदि दिनै पर्ने अवस्था आए म भन्छु । रमाइलोका लागि फुटबल खेलौं र यसमा रमाउ ।’

फाती बार्सिलोनाको एकेडेमी ला मासियाबाट आएका खेलाडी हुन् । सिनियर टोलीमा स्थान बनाउनुअघि आफ्नो परिचय उनले त्यहिबाट दिएका थिए । ‘म र मेरो परिवारका लागि ला मासिया धेरै महत्वपूर्ण रह्यो,’ उनले थपे, ‘म र मेरो दाजु फुटबलहरुको बीचमा हुर्केका हौं । हामीलाई शिक्षक, त्यहाँका कर्मचारी र एकेडेमीका प्रशिक्षकहरुबाट धेरै सहयोग पायौं ।’

ला मासियाको के कस्ता सम्झना छ भनेर सोध्दा उनले थपे, ‘धेरै सम्झना छन् । त्यसमध्ये केहि विषेश छन् । एकेडेमीका अन्य साथीहरुसँगै बसमा स्कुल जान्थ्यौं । मध्यान्यमा फर्कन्थ्यौं,’ उनले थपे, ‘सँगै खान्थ्यौं । अनि त्यसपछि फुटबल प्रशिक्षणमा जुट्थ्यौं । त्यसकै आधारमा हामी अहिले फुटबल खेलिरहेका छौं ।’

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

Success

Thank you for your time.